वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

शिक्षा क्षेत्र सुधारका लागी सरोकारवाला पक्षको क्षमता अभिवृद्धी कार्यसाला शुरु

        भिमा कंडेल   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ९, २०७६ ।    

भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकहरुका लागी २ दिने क्षमता अभिवृद्धी कार्यशाला गोष्ठी बुधबारबाट शुरु भएको छ ।

ठाकुरबाबा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समिती र शिक्षक अभिभाबक संघको क्षमता विकास गरी पठन सिप विकास कार्यक्रमलाई प्रभाबकारी बनाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरेको हो ।
ठाकुरबाबा नगरपालिका अन्तरगतका ३० वटा सामुदायिक विद्यालयका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष, शिक्षक अभिभाबक संघका अध्यक्ष, र प्रधानाध्यापक सहितको उपस्थिती रहेको छ ।

कार्यक्रमका सहभागीहरुले शिक्षक, विद्यालय ब्यवस्थापन समिती र अभिभाबककै लापरबाहिले सामुदायिक बिद्यालयको गुणस्तर खस्कीरहेको बताएका छन् । अभिभाबक तथा विद्यालय ब्यवस्थापन समितीका अध्यक्षहरुले शिक्षकहरुले बिदालाई अधिकारका रुपमा लिनु, अन्य संघसंस्थामा आबद्ध हुनु, कमजोर नेतृत्व, सम्बन्धित पक्षबाट अनुगमन नहुनु लगाएतका कारणले शिक्षकहरु विद्यालयमा नियमीत उपस्थिीत नहुने कुराहरु उठाएका छन् ।

शिक्षकहरुलाई कसरि विद्यालयमा नियमित गराउन सकिन्छ भन्ने विषयमा गरिएको छलफलमा सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने, बैठक र समिक्षा नियमित गर्नुपर्ने, सिकाई उपलब्धीको मुल्यांकन गरेर पुरस्कार र दण्डको समेत ब्यबस्था गर्नुपर्ने लगाएतका सुझाबहरु संकलन भएका छन् ।

बुधबारबाट सुरु भएको कार्यशालामा शिक्षक नियमितता अभिवृद्धीका उपायहरु, विद्यालयमा जाने शैक्षीक कार्यक्रम र सामाजिक परिक्षण, शिक्षकका सक्षमताहरु, विद्यालयका योजनाहरु लगाएतका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...