वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

शिक्षकहरुले दिए राजापुर नगरपालिकाको कार्यालयमा धर्ना

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, भदौ ११, २०७५ ।    

मिन अधिकारी/राजापुर, बर्दिया।
राजापुर नगरपालिकामा रहेका सामुदायिक विद्यालय र समुदायमा आधारित बाल विकासका शिक्षकहरुले सोमबार राजापुर नगरपालिका कार्यालयमा १ घण्टा धर्ना दिएका छन् ।
सामुदायिक विद्यालय र बालविकास केन्द्रमा काम गर्दै आएका कर्मचारीले उचित सेवा सुविधा पाउनु पर्ने माग गर्दै ज्ञापन पत्र वुझाउने, कालोपट्टी वाधेर कक्षामा जाने गरे पनि माग संवोधन नभएपछि धर्ना कार्यक्रम गर्न बाध्य परेको बाल विकास राजापुर नगरस्तरिय सचिव दुर्गा रेग्मीले बताईन । सोमबार भएको १ घण्टे धर्ना कार्यक्रमपछि संघ प्रदेश र स्थानिय सरकारले बनाएको नयाँ शिक्षा ऐन बालबिकास केन्द्रलाई शिक्षा नियमावलीको आठौँ र नवौँ संशोधनबाट आधारभुत तहको संरचना समावेश गरी दरबन्दी कायम गर्नुपर्ने, प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुको सेवा, सुविधा आधारभुत तह (प्रा.वि.) सरह कायम गर्नुपर्ने, बालविकासका शिक्षकहरुलाई प्रर्याप्त मात्रामा तालिमको व्यवस्था तथा मन्टेश्वरी विधीको तालिम दिनुपर्ने, बालविकास शिक्षकलाई शिक्षक सरहको शैक्षिक योग्यता हाँसिल गर्न समय दिनुपर्ने, स्थानिय तहबाट वाल विकासका शिक्षकलाई अवकाश दिने गरेको हुदाँ उक्त कार्य नियम कानुन बनाई गर्न गराउन निर्देशन दिनु पर्ने लगाएतको माग सहित धर्ना दिईएकोे सामुदायिक विद्यालय र समुदायमा आधारित बाल विकास केन्द्रकी राजापुर नगरस्तरिय सचिव दुर्गा रेग्मीले बताईन ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको दरबन्दी श्रृजना गर्दै तलव सुविधा पाउनु पर्ने माग गर्दै शिक्षकहरुले गत श्रावण २५ गते राजापुर नगरपालिकाको शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका थिए । भाद्र ६ गतेदेखि ८ गतेसम्म विरोध प्रर्दशन गर्दै हातमा कालो पट्टी बाँधेर कक्षा सञ्चालन गरेका थिए । भाद्र २२ गते केन्द्र स्तरिय विरोधको कार्यक्रम गर्ने निर्णय गरेको रेग्मीले जनाईन । धर्ना कार्यक्रममा शिक्षक महासंघको राजापुर नगर अध्यक्ष राजकुमार रेग्मी, नगरका सदस्य पद्मऋषि चौलागाई, सामुदायिक विद्यालय र समुदायमा आधारित बाल विकास शिक्षक गरी ७० जना भन्दा वढीको धर्ना कार्यक्रममा उपस्थिती रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: