वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

शारीरिक अशक्त स्थानियलाई न्यानो कपडा वितरण

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४ ।    

राजापुर, बर्दिया।
राजापुर नगरपालिका वडा नं. २ नयाँ गाउँमा शारीरिक रुपमा अशक्त स्थानियलाई न्यानो कपडा वितरण गरिएको छ । वडा नं.२ को कार्यालय रहेको ग्वारी नयागाउँमा एक कार्यक्रम गरी न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष धरणीधर थारुले बताए । शारिरिक रुपले अशक्तहरुलाई आफ्नै हातले सहयोग गर्न पाएकोमा खुशी समेत व्यक्त गरे । वडा नं.-२ मा वस्ने क, ख ग र घ वर्गका ५० जना अशक्तहरुलाई १ लाख वरावरको न्यानो कपडा जकेट ट्रयासुट वितरण गरिएको वडाध्यक्ष थारुले जनाए ।
आफुहरुलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरे पछि अशक्तहरुले खुशी हुदै वडाध्यक्ष थारुलाई धन्यवाद समेत दिएका छन् । न्यानो कपडा वितरण कार्यक्रममा वडा नं.२ कार्यालय सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: