वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

शान्तिपूर्ण रुपमा उम्‍मेदवारी दर्ता; दुई क्षेत्रमा चार मन्त्रीहरु बिच प्रतिश्पर्धा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, कार्तिक १६, २०७४ ।    

गुलरिया, बर्दिया ।
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि बर्दियामा विभिन्न राजनैतीक दलहरुले शान्तिपूर्ण तरिकाले आआफ्ना उम्मेदवारको आज जिल्ला निर्वाचन आयोगको कार्यालय गुलरियामा उम्मेद्बारी मनोनयन दर्ता गरेका छन ।

बर्दियाको क्षेत्र नं-१ मा प्रतिनिधि सभा सदस्यका लागि बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उप्रधानमन्त्री बामदेव गौतम र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काङ्रेस जिल्ला सभापति तथा सिचाई मन्त्रीसमेत रहेका सञ्जय गौतमको उम्मेद्बारी परेको छ भने क्षेत्र नं २ मा बाम गठबन्धनका तर्फबाट माओबादी केन्द्रका सन्तकुमार थारु र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काङ्रेसबाट गोपाल दहितले उम्मेदवारी दिएका छन ।

त्यसैगरी क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्यका लागि नयाँ शक्ती पार्टीबाट केशबराज पौडेल, राष्ट्रिय जनमोर्चाबाट लोकबहादुर राना, नेमकिपाबाट हरिलाल न्यौपाने र स्वतन्त्रबाट रामसुरत अहिरको उम्मेद्बारी दर्ता गरिएको छ । क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि नयाँ शक्ती पार्टीबाट मोहनलाल थारु, राष्ट्रिय जनमोर्चाबाट रतन राउत, नेमकिपाबाट चोलाराम जैशीको उम्मेद्बारी परेको छ ।

प्रदेश सभाका लागि क्षेत्र नं १ को (क) र (ख) मा बाम गठबन्धनबाट क्रमश: कविराम थारु र तिलक शर्मा, लोकतान्त्रिकबाट सोदे विष्ट र मंगल थारुको उम्मेद्बारी दर्ता भएको छ भने नयाँशक्ति पार्टीबाट आनन्द ढुँगाना र हसिम अलि मनिहार, राष्ट्रिय जनमोर्चाबाट तोयानाथ अधिकारी र नुमलाल रेग्मी, स्वतन्त्रबाट विश्वेश्वर यादवले उम्मेद्वारी दिएका छन्।
प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ को (क) र (ख) मा बाम गठबन्धनबाट क्रमश: कुलप्रसाद पोखरेल र दिपेश थारु, लोकतान्त्रिकबाट रामचन्द्र थापा र नाचुराम थारुको उम्मेद्बारी परेको छ । त्यस्तै प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ को (क) मा नयाँशक्ति पार्टीका विश्वनाथ पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही, राष्ट्रिय जनमोर्चाबाट धनराम जैसी आचार्यले उम्मेद्वारी दर्ता गराएका छन् भने प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ को (ख) मा नयाँ शक्ती पार्टीबाट चनक बहादुर थारु, राष्ट्रिय जनमोर्चाबाट शिव उपाध्यायको उम्मेद्वारी परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: