वि.सं.   आइतवार, कार्तिक ४, २०७५   तदनुसार  21 October 2018

विविध कार्यक्रम गरी बर्दियामा विश्व वातावरण दिवस मनाईयो

        सुदीप अधिकारी   |   प्रकाशित मिति: बुधबार, जेष्ठ २३, २०७५ ।    

सुदीप अधिकारी / बर्दिया ।
‘प्लाष्टिक प्रदुषण निमुर्ल पारौ, सके पुनः प्रयोग गरौ, नसके बहिस्कार गरौँ’ भन्ने मूल नाराका साथ मंगलबार विविध कार्यक्रमको आयोजना गरी बर्दियामा पनि विश्व वातावरण दिवस मनाइएको छ ।
जिल्लाका विबिन्न संघसंस्था, बिद्यालयहरुले पनि बातावरणिय जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन ।
दिवस अवसरमा नेपाल पंछी संरक्षण संघले जिल्लाको एक मात्र ठूलो बढैयाताल सरसफाई गरेको छ । बढैया ताल छेउछाउमा रहको प्लाष्टिकजन्य फोहर पदार्थ सफा गरिएको संघले जनाएको छ । प्लाष्टिकजन्य फोहरले बढैयाताल कुरुप बन्दै गएपछि तालको सुन्दरता जोगाउन सरसफाई गरिएको पंछी संरक्षण संघकी फिल्ड कोडिनेटर पुजा गुरुङ्गले बताइन् ।
तालको सरसफाईमा संघमा आवद्ध संरक्षणकर्मी र भुरिगाउँस्थित बर्दिया एजुकेशन एकेडमीमा अध्ययनरत छात्रछात्राहरु सहभागी भएका थिए । तालको वरपर रहेका गुट्खाजन्य पदार्थका खोस्टा, प्लाष्टिकका झोला, पानीका बोलतलगाएतका फोहर सफा गरिएको पंछी संरक्षण संघले जनाएको छ ।
दिवसकै अवसरमा पंछि संरक्षण संघले स्कूले बालबालिकाहरुलाई बर्दिया राष्ट्रिय निकुञ्जको परेवावडार क्षेत्रमा चरा अवलोकन गराइएको थियो । निकुञ्ज भित्र पर्ने बबईको परेवावडारदेखि सैनवार पोष्टसम्म करिव ५ किलोमिटर क्षेत्रमा विद्यार्थीहरुले विभिन्न प्रजातीका चराहरु अवलोकन गराइएको चराबिद् राम थाहीले जानकारी दिए ।
चराहरु पनि वातावरणको अभिन्न अंग भएकाले यिनीहरुको बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले निकुञ्ज क्षेत्रमा चरा अवलोकन गराइएको पंछी संरक्षण संघकी फिल्ड कोडिनेटर पुजा गुरुङ्गले बताइन् ।
वातावरणको पारिस्थितीक प्रणालीमा चरा÷पंछीको महत्वपूर्ण भूमिका रहको मानिन्छ । चराहरु पनि वातावरणको अभिन्न अंग भएकाले यिनीहरुको बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले निकुञ्ज क्षेत्रमा चरा अवलोकन गराइएको पंछी संरक्षण संघकी फिल्ड कोडिनेटर पुजा गुरुङ्गले बताइन् । बालबालिकालाई चराहरुको नाम, प्रजाती, बासस्थान र आनीबानीको बारेमा जानकारी गराइएको थियो ।
केही व्यक्तिहरुले अझैपनि चराको महत्व नबुझि चरा मार्ने, चराका गुड भत्काउने जस्ता नराम्रा गतिविधी गर्ने गरेकाले त्यस विरुद्ध बालबालिकाहरु एकजुट भएर चरा संरक्षणमा लाग्न संरक्षणकर्मीले अनुरोध गरेका थिए । चरा अवलोकन गर्ने अवसर पाएकोमा आफुहरु निकै खुशी भएको बालबालिकाहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्: