वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

ठाकुरबाबा नगरपालिकाले शुरु गर्‍यो विद्यालय सुधारका लागि अनुगमन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, भदौ ९, २०७५ ।    

नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्न कहाँ के गर्न सकिन्छ भन्ने उदेश्यले नगर शिक्षा शाखाले नगर क्षेत्र भित्रका विद्यायलयहरुमा अनुगमन सुरु गरेको हो ।

 

ठाकुरबाबा, बर्दिया।
विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार गर्न लागि ठाकुरबाबा नगरपालिकाको शिक्षा शाखाले स्थानिय सरकारी तथा संस्थागत विद्यालयहरुमा अनुगमन कार्यमा तिब्रता दिएको छ ।  गत शुक्रबार भुरिगाउँका कर्णाली ईङ्गलिस मिडियम बोर्डिङ स्कुल र भेरी पब्लिक शिक्षालयमा अनुगमन गरेको शिक्षा साखाले ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बगनाहमा रहेको चुरे माद्यमिक बिद्यालयमा टोलीले अनुगमन गरेको हो ।
अनुगमनका लागि पुगेको टोलीले चुरे माद्यमिक विद्यालयको विविध पक्षका बिषयमा अनुगमन तथा छलफल गरिएको थियो । नगरपालिकाको टोली शुक्रबार विद्यालय अनुगमनमा जाँदा झण्डै ८६ प्रतिशत विद्यार्थीको उपस्थिती रहेको पाईएको जनाएको छ । कक्षा २ देखी ८ कक्षा सम्मका उपस्थित विद्यार्थीहरु मध्ये ३३ प्रतिशत विद्यार्थीमा पढाईको सीप विकास नभएको पाईएको बगनाह श्रोत केन्द्रका श्रोतव्यक्ती नन्दाराम अधिकारीले जानकारी दिए ।
टोलीले अतिरिक्त क्रियाकलाप संचालन तथा खेलकुदलाई विद्यालयले निश्चित योजना सहित सक्रियता देखाउनु पर्ने, प्राविधिक धारका विद्यार्थिलाई स्थानिय कृषकसंग जोडनु पर्ने समेत सुझाव दिएको छ । त्यस्तै कक्षाकोठाको सरसफाईमा ध्यान दिनुपर्ने, शौचालयको प्रयोग तथा सरसफाईमा विशेष ध्यान दिनुपर्ने लगाएतका विषयमा सुझाव दिएको जनाएको छ ।
नगर शिक्षा शाखाबाट अनुगमनका लागि खटिएको टोलीले शैक्षिक गुणस्तरमा वृद्धी ल्याउन विद्यालयहरुमा उचित तरिकाले पढाईको व्यवस्थापन भए नभएको, शिक्षकहरु समयमै विद्यालय हाता प्रवेश गरे नगरेको तथा विद्यार्थिहरुको सिकाई उपलब्धि लगायतका बिषयमा अनुगमन सुरु गरीएकोे नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।
नगर शिक्षाबाट विद्यालयमा अनुगमन गरी कमी कमजारी औँल्याएर सुझाव सल्लाह दिएकोमा टोलीलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि अनुगमनमा आएर सुझाव सल्लाह दिँदै अघि बढन हौसला प्रदान गर्न चुरे माविका प्रधानाध्यापक राजेश यादवले आग्रह गरे ।


ठाकुरबाबा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्राप्त गर्न के गर्न सकिन्छ भन्ने उदेश्यले पढाईको गुणस्तर वृद्धी गर्न नगरपालिकाको नगर शिक्षा शाखाले नगर क्षेत्र भित्रका विद्यायलयहरुमा अनुगमन सुरु गरीएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ सहित अनुगमनमा नगर शिक्षा शाखा प्रमुख सिता भण्डारी, बगनाह श्रोत केन्द्रका श्रोतव्यक्ती नन्दराम अधिकारी, वडा नम्बर ३ का वडाध्यक्ष श्रीकृष्ण थारु, पत्रकार भावुक योगीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: