वि.सं.   मङ्लबार, फाल्गुन १३, २०७६   तदनुसार  25 February 2020

विद्यालयको ज्यादती, परिचय पत्रको ५ गुणा सम्म बढी मुल्य असुल्दै

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, माघ ८, २०७६ ।    
Loading...

मीन अधिकारी/राजापुर (बर्दिया) : राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका केही निजी तथा सरकारी विद्यालयहरुले विद्यार्थी परिचय पत्र बनाई दिए वापत् विद्यालयहरुले ३ सय रुपैयाँ देखि ३५० रुपैयाँ सम्म शुल्क असुली रहेको पाइएको छ ।

विद्यालयहरुले ७० देखि ७५ रुपैयाँ सम्ममा तयार हुने परिचयपत्र वापत विद्यार्थीहरुबाट चर्को शुल्क लिएको अभिभावकहरुले गुनासो गरेका छन् । विद्यालयहरुले आफ्नो विद्यालयको भौतिक तथा आर्थिक समस्याहरु दर्शाउँदै परिचय पत्रको शुल्क चर्को रुपमा निर्धारण गरेको स्रोतले बताएको छ ।

सरकारी विद्यालयहरुमा शिक्षाको गुणस्तर प्रभावकारी नभएको अभिभावकहरुको गुनासो रहेको छ । शिक्षकहरु नियमित रुपमा विद्यालयमा उपस्थित नभई दिनाले पनि शिक्षाको गुणस्तर राम्रो बन्न नसकेको जानकारहरु बताउँछन् । यसरी विभिन्न शिर्षकहरुमा अभिभावकबाट शुल्क असुल्दै आईरहेको समस्यामा राजापुर शिक्षा शाखाले ध्यानाकर्षण गरेको छ । चर्को शुल्क लिईरहेको विद्यालयहरुमा छानवीन गरी आवश्यक कारवाही गरिने स्रोतले बताएको छ ।

यस्तै विद्यालयमा भौतिक संरचना निर्माण तथा व्यवस्थापनमा राजापुर नगरपालिकाले सहयोग गरिरहेको र त्यसलाई यदि कसैले शिर्षक भन्दा अन्य ठाउँमा खर्च गरिएमा पनि कारवाही गरिने स्रोतको दावी छ । पछिल्लो समयमा यस क्षेत्रका ३ वटा विद्यालयहरुले विभिन्न शिर्षकहरुमा शुल्क असुली रहेकोमा त्यसो नगर्न चेतावनी दिइएको स्रोतले बताएको छ । नाम चलेकै विद्यालयहरुमा पनि यस्ता किसिमको गतिविधीहरु दोहोरिएका छन् भने परिचयपत्र शुल्कको विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: