वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

विकासका लागि दबाब दिन बर्दियाली युवाहरुले रु.१ चन्दा संकलन गर्दै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, साउन २५, २०७४ ।    

 

भुरिगाउँ, बर्दिया।
देशमा जताततै राजनीति दबदबी भईरहेको बेला बिकास निर्माणका कार्यले सुस्त गति लिन थालेको र कतैबाट पनि निकासको बातावरण नबनेको भन्दै बर्दियाका युवाहरु सरोकारवालाहरुलाई ब्युताउन रु. १ चन्दा संकलन गर्न लागिपरेका छन ।
“सुतिरहेकाे सरकार ब्युझाउन एक रूपैंया चन्दा संकलन अभियान” नाम दिईएको उक्त अभियानबाट संकलित रकम स्थानिय निकायमार्फत सरकारलाई बुझाउने बताईएको छ । सामाजिक सन्जालको सदुपायोग गर्दै सुरु गरिएको यो अभियान अहिले भाईरल बनिरहेको छ ।

विशेषत: हुलाकी सडकको वर्तमान अवस्थालाई फिचर गरेर अगाडी सारीएको यो अभियानको मुख्य अभिप्राय बर्दियाको समग्र बिकासमा अझै कसैको चासो नपुगेकाले सम्बन्धित सबैको नजर पुर्‍याउनु रहेको जनाईएको छ ।

विगत १७ वर्ष पहिलेदेखि सडक निर्माणको काम सुरु भएको गुलरिया भुरिगाऊ, राजापुर हुलाकी सडकखण्ड अझै दिनप्रतिदिन बिग्रीदै गएको छ । बर्दियाली हामी सचेत युवाहरुले सडक जाम बन्दहडताल गरेक सरकारलाई दबाब दिन पनि सक्थ्यौं तर हामी सचेत बर्दियाली युवाहरुले बन्दहडतालको विकल्प रोज्दै नेपाल सरकार र बर्दियाली स्थानिय निकायलाई दबाब दिन १ रुपैया आर्थिक चन्दा संकलन गरेर स्थानिय निकाय मार्फत सरकारलाई सहयोग हस्तान्तरण गर्ने अभियन्ताहरु मध्यका एक कृष्ण भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्: