वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

वामदेव आफ्नै क्षेत्रमा हार्नुको कारण पत्ता लगाउन छानबिन समिति गठन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस २, २०७४ ।    

गुलरिया,बर्दिया ।
बर्दिया प्रतिनिधि सभा क्षेत्र नं- १ मा उम्मेद्बारी दिएका एमाले उपाध्यक्ष वामदेव गौतम आफ्नै क्षेत्रमा थोरै मतान्तरले पराजित हुनुको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।

एमाले अध्यक्ष हरिप्रसाद ज्ञवालीको संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरिएको हो । समितिमा क्षेत्र १ माओवादी केन्द्रका नेता भवनकुमार थारू पनि छन् । समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने संयोजक ज्ञवालीले बताए । ‘वामपन्थी गढ मानिएको क्षेत्रमा गौतमको पराजयलाई पार्टीले गम्भीर रुपमा लिएको छ,’ उनले भने, ‘यसमा दोषी ठहरिए पार्टीका उच्च तहमा रहेका कुनै पनि नेतृत्वलाई साधारण सदस्य नहरने गरी निष्कासित गरिनेछ ।’ कांग्रेस सभापति एवं सिँचाइमन्त्री सञ्जयकुमार गौतमसित ७ सय ५३ मतान्तरले गौतम पराजित भएका थिए । कांग्रेसका गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गरेका थिए । एमालेका गौतमले ४४ हजार ७६ मत प्राप्त गरे । -कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...