वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

वडा स्तरीय स्वास्थ्य योजना तर्जुमा गोष्ठी र लघुउद्यम सम्बन्धी अभिमुखिकरण सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस ९, २०७४ ।    

भुरिगाउँ, बर्दिया।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्मर २ रानीपुरमा दुई दिने वडा स्तरीय स्वास्थ्य सम्बन्धी योजना तर्जुमा गोष्ठी आइतबार सम्पन्न भएको छ ।
सर्ने तथा नसर्ने रोगका बारेका छलफल गर्ने उद्धेश्यले युएसएआइडि, हेल्थ फर लाइफले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मानिसमा लाग्ने बिभिन्न प्रकारका सर्ने तथा नसर्ने रोगका बारेमा स्थानियहरुलाई जानकारी गराइएको थियो ।
ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजंबशि, ओम चुनारा, र हेल्थफर लाइफका संयोजक शशी बर्माले सहजिकरण गर्नुभएको कार्यक्रममा वडा नम्मर २ का जनप्रतिनिधी, कर्मचारी र सरोकारवाला ब्यक्तिहरुको उपस्थीति रहेको थियो भने कार्यक्रम वडा नम्मर २ का वडा अध्यक्ष हरिराम थारुको अध्यक्षतामा सम्पन्न भएको वडा नम्मर १ का सचिब चक्रपाणी आचार्यलाई उधृत गर्दै भिमा कंडेलले जनाएकी छिन ।

भुरिगाउँमा लघु उद्यम सम्बन्धी नगर स्तरीय अभिमुखिकरण सम्पन्न

त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा लघु उद्यम सम्बन्धी नगर स्तरीय अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । दिगो उद्यम महिला जागरण समाज बर्दियाको आयोजना तथा उद्योग बिकास शाखा गुलरियाको सहयोगमा उद्यम सम्बन्धी नगर स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

ठाकुरबाबा नगरपालीकाका बिभिन्न गाउँमा स्थानिय स्तरमा उत्पादन गर्न सक्ने घरेलु सामाग्रीलाई कसरी प्रबद्धन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागिले स्थानिय स्तरमा उत्पादन हुने घरेलु सामाग्री प्रबर्धन गर्न माग गरेका छन ।ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, स्थानिय उद्यमीहरु लगायत २५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: