वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको नवौं संस्करण सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन ३, २०७३ ।    

पदनाहा, बर्दिया ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित संचालित अन्तर माध्यामिक विद्यालय राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको नवौं संस्करण मंगलबार सम्पन्न भएको छ ।

जिल्ला शिक्षा अधिकारी दमन सिं चौधरीको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खगेन्द्र खनालको सभापतित्वमा प्रतियोगीता सम्पन्न भएको सचिबालय सदस्य छत्र बहादुर शाहिले जानकारी दिनु भयो ।

प्रतियोगीता पदनाहमा रहेको पाञ्चजन्य माध्यामिक विद्यालयमा माघ २६ गते बाट सुरु भएको थियो ।
प्रतियोगितामा एकप्रिय माद्यमिक विद्यालय पाताभार प्रथम भएको छ भने पान्चजन्य माद्यमिक विद्यालय पदनाहा र नेपाल राष्टिय माद्यमिक विद्यालय गोडीयाना क्रमशः द्धितिय र तृतीय भएका छन ।

प्रतिक्रिया दिनुहोस्: