वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

राती १० बजेपछी देउसीभैलो र ९ बजेपछी मदिरा बेच्न नपाईने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, कार्तिक १७, २०७५ ।    

ठाकुरबाबा, बर्दिया।
बर्दिया प्रशासनले जिल्लालाई शान्त र सुव्यवस्थित राख्न देउसीभैलो खेल्ने समय राती १० बजेसम्म र मदिरा किनबेच ९ बजेसम्म मात्र गरिदिन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले शुक्रबार सुचना निकालेर चाडको बेला यात्रुको सहज आवागमन, गुणस्तरीय खाद्य सामग्रीको सहज उपलब्धता र जिल्लाको शान्ति सुरक्षा कायम गर्न सहयोगका लागि सबैसँग अनुरोध गरेको हो ।
प्रशासनले तिहार र छठ पर्वको शुभकामना दिदैँ कोही कसैले गुणस्तरहिन सामान बेचेमा, जुवातास खेल्ने खेलाउने गरेमा, कसैले ठगी गरेमा, खाद्यबस्तुको अभाव देखाएमा तुरुन्त नजिकको प्रहरी वा प्रशासनमा खबर गर्न अनुरोध गरेको छ ।

पुरा सुचना :

प्रतिक्रिया दिनुहोस्: