वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

राजापुर महोत्सव-२०७४ को तयारी तिब्र : चर्चित कलाकारहरु आउने

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, माघ २१, २०७४ ।    

राजापुर,बर्दिया ।
माघ २९ गते देखी फागुन ९ गतेसम्म चल्ने राजापुर महोत्सव २०७४ को तयारी तिब्र पारीएको छ । बर्दिया उद्योग वाणिज्य संघ राजापुर अध्यक्ष गोविन्द रिजालको अध्यक्षतामा बसेको बैठकले ८ वटा उपसमिति गठन गरेको छ ।
मेला सञ्चालनका लागि गठन गरिएका उप समितिहरुमा आर्थिक उपसमिति संयोजक केदार थापा, स्टल तथा स्टेज व्यवस्थापन उपसमिति संयोजकमा चन्द्रश्वर शर्मा सुवेदी, प्रचार प्रसाद तथा स्वयम सेवक परिचालक उपसमिती संयोजक बद्रि प्रसाद खनाल, अतिथी सत्कार उपसमिति संयोजकमा विदुर पोख्रेल, पानी व्यवस्थापन उपसमिति संयोजकमा सागर सेन, सचिवालय उपसमिति संयोजकमा कृष्ण कुमार रेग्मी, संचार संयोजक मिन अधिकारी, सांस्कृतिक कार्यक्रम उपसमिति संयोजकमा खुसीराम थारु र स्वागत सत्कार उपसमिति संयोजकमा बिमला जिसी रहेका छन ।
महोत्सवमा विभिन्न कृषि उपजहरुको प्रदर्शनी ,पर्यटन विकासका लागि स्थानीय पर्यटकीय क्षेत्रको जानकारी गराउने हेतुका साथ विभिन्न पर्यटकिय स्थलहरुको चिनारी गराउने खालका सामाग्रीहरुको प्रदर्शनी,विभिन्न व्यापारिक तथा घरायसी प्रयोगका सामग्रीहरु,पिङ, झुला,मौतका कुवा,बालबालिकाहरुका लागि विभिन्न खेल सामाग्रीहरु लगायतको ब्यबस्था गरिने उद्योग वाणिज्य संघ राजापुरले जनाएको छ । व्यापार व्यवसायमा विस्तार हुने आयोजकले जनाएको छ । बर्दिया उद्योग वाणिज्य संघ राजापुरको आयोजनामा १० दिन सम्म चल्ने महोत्सबमा मनोरञ्जन प्रदान गर्न राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु आउने आयोजक कमिटीले जानकारी दिएको छ । साथै महोत्सव अवधिभर थुप्रै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने महोत्सव निर्देशक बिराज बिष्टले जानकारी दिए । महोत्सवमा चर्चित नायक दिलिप रायमाझी,हास्यकलाकार कमल गाउले,सुरबिर पन्डित,भटभटे माइला, गायक रामजी खाण,चन्द्र शर्मा,पुश्कल शर्मा,कृष्ण रेउले,दुर्गेश थापा,कमल खत्री , अर्जुन कौशल,टंक तिमिल्सिना,गोबिन्ध मधुर आचार्य,सन्दिप न्यौपाने,प्रेम बिबस घर्ती,तिलक वलि, गायिका ज्योति मगर,पुर्णकला बिसि,भुमिका गिरी, कला पङगीनी शान्ती श्री परियार,टीका सानू,डिला बस्याल ,खिमा सापकोटा,टीका तारामी मगर,प्रीति आले मोडेल अञ्जली अधिकारी,लक्ष्मी बोहोरा,सन्ध्या पौडेल ,लोसिना लामिछाने, दुर्गा वलि लगायतका कलाकारहरुको प्रस्तुति रहने निर्देशक बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: