वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

राजापुर नगरपालिकाको चौथो नगर सभा स्थगित

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: सोमवार, असार ९, २०७६ ।    

राजापुर– बर्दियाको राजापुर नगरपालिकाको चौथो नगर सभा स्थगित भएको छ । राजापुर नगरपालिकाले नगर सभाकालागि सम्पूर्ण सदस्यहरुलाई आमन्त्रण गरे पनि गण पुरक संख्या नपुगे पछी स्थगित भएको हो। ५१ प्रतिशत पुग्नु पर्ने स्थानिय सरकार सञ्चालन ऐनमा भएकाले नगर सभामा उक्त संख्या नपुग भएका कारण भोलि ४ वजे सम्मका लागि स्थगित गरिएको राजापुर नगरपालिकाका प्रमुख तथा नगर सभा अध्यक्ष शिव प्रसाद चौधरीले जानकारी दिए ।
राजापुर नगरपालिकामा नेपाली काङ्ग्रेका जनप्रतिनिधिहरु अनुपस्थित भए पछि नगर सभास्थगित भएको हो । पत्रकारसँगको कुराकानीमा नगर प्रमुख चौधरीले औपचारिक जानकारी नभएकोले केही भन्न नसकेको तर मलामीमा जानु परेकाले उहाँहरु सभामा अनुपस्थित भएको अनौपचारिक जानकारी पाएको तर नगर सभा स्थगित हुनु राम्रो नभएको बताए ।
राजापुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य नेपाली काङ्ग्रेशका नेता मथुरा प्रसाद थारुले सबै वडाहरुको वजेट सिलिङ, आव २०७६/०७७ को योजना वनाउने काम नसकिएको ३ वजे नै योजना छनौट सम्पन्न तथ्याङ्क पेश गर्न भनेकाले र जानकारी विना नै नगर सभाको पत्र आएको बताए । नगरपालिकाले ७ गते ३ वजे वजेट सिलिङको वडाकार्यालयमा दिएको, वडाले योजना सम्बन्धि धेरै काम गर्नु पर्ने भएकाले आज ३ वजे सम्म दिन नसकेको र नेपाली काङ्ग्रशका महाधिवेशन प्रतिनिधि चित्र वहादुर गुरुङका भाईको निधन शोक सभामा जानु पर्ने भएकाले उपस्थित हुन नसकेको जनाउदै भोलि तोकिएकै समयमा नगर सभा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...