वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

राजापुर नगरपालिकाको आयोजनामा हाउस वाईरिङ्ग तालिम शुरु

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, चैत्र २, २०७३ ।    

राजापुर,बर्दिया ।
राजापुर नगरपालिकाको आयोजनामा गत मंगलबार देखि ४५ दिने हाउस वाईरिङ्ग तालिम शुरु भएको छ ।

तालिममा राजापुर नगरपालिका अन्तरगत १९ वडाबाट १९ जनालाई नि:शुल्क तालिम प्रदान गरिएको छ । नगरपालिका प्रमुख भेषराज खनालले तालिमको उद्घाटन गर्दै व्यरोगजारीको कारण झै-झगडा हुने, युवाहरु कुलतमा लाग्ने भएको हुदा त्यसको निरुपणका लागि यसले ठूलो महत्वपुर्ण भुमिका खेल्ने भएको र विदेश जादा पनि सिप सिकेपछि सिप अनुसारकै रोजगारी पाउने भएको हुदा ४५ दिनमा धेरै सिक्नको लागि अनुरोध गर्नु भएको थियो । राजापुरनगपालिकाका योजना शाखा प्रमुख रमेश कुमार चौधरीले संचालन गर्नु भएको कार्यक्रममा हाउस वाईरिङ्ग तालिमको प्रशिक्षण बुद्धि राम थारुले दिनु हुनेछ । उद्घाटन कार्यक्रम नगरपालिका प्रमुख भेषराज खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: