वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

राजापुर खानेपानी समितीको पुनर्गठन: छिट्टै सुचारु हुने प्रतिबद्दता

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, माघ २५, २०७३ ।    

राजापुर।
बर्दियाको राजापुरमा गत ४ महिनादेखि बन्द भएको खानेपानी तथा सरसफाई उपभोक्ता समितीको चौथो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ।
आर्थिक वर्ष २०६७ ६८ देखि हुन नसकेको साधारण सभाका सात वर्ष पछीआज साधारण सभा भएको हो । आज सम्पन्न भएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०६७,६८ देखि २०७२, ७३ को आय व्याय विवरण प्रस्तुत गरिएको थियो । जस अन्तरगत आर्थिक वर्ष २०६७, ६८ को कुलआय व्याय ८ लाख ८ हजार ९ सय रुपिया ४० पैसा, त्यस्तै आर्थिक वर्ष २०६८, ६९ को कुल आय व्याय ७ लाख ५४ हजार ७ सय १३ रुपिया ४० पैसा रहेकोछ भने आर्थिक वर्ष २०६९, ७० को कुल आय व्याय ३ लाख ४३ हजार ९१ रुपिया ९४ पैसा रहेकोछ त्यस्तै आर्थिक वर्ष २०७१, ७२ को कुल आय व्याय ३ लाख ९५ हजार ५ सय ५७ रुपिया ९४ पैसा रहेकोछ ।
त्यस्तै आर्थिक वर्ष २०७१,७२ को कुल आय व्याय ६ लाख ३० हजार ५ सय ८५ रुपिया ९४ पैसा रहेको थियो भने आर्थिक वर्ष २०७२,७३ को कुल आय व्याय ५ लाख ९६ हजार ४ सय ४० रुपिया १९ पैसा रहेको आय व्याय विवरण खानेपानी तथा सरसफाई उपभोक्ता समितीका कोषाध्यक्ष गोपाल रेग्मीले प्रस्तुत गर्नु भएको थियो । यस्तै शुभकामना दिदै बिशेष अथिति भेजराज खनालले खानेपानि सन्चालन कालागी तिर्नु पर्ने रकमको लागी समितिलाई आफुहरुले सहयोग गर्ने प्रतिबदता जनाउनु भऐको थियो। प्रमुख अतिथी खानेपानी तथा सव डिभीजन कार्यलय बर्दियाका ईन्जीनीएर दिलीप कुमार साहले नेपाल सरकारले निर्माण गरेर 0५८ सालमा समुदायमा हस्तान्तरण गरेको खानेपानि बन्द भएको कुराले अरु आयको योजना दिन गार्हो हुने भएकोले पानी सन्चालन गर्न समितिलाई आग्रह गर्नु भएको थियो ।
आज सम्पन भएको सभालाले खानेपानी तथा सरफाई उपभोक्ता समिती राजापुरको नया कार्य समीती गठन गरेको छ । जसमा अध्यक्षमा नेत्र प्रसाद सोती , उपाध्यक्षमा माया भट्टराई , सचिवमा कृष्ण कुमार रेग्मी , , कोषध्यक्षमा बिष्णु प्रसाद खनाल , सदस्यहरुमा नेत्र प्र सापकोटा , टिकाराम न्यौपाने , माधव प्रसाद पाण्डे, कृष्ण प्र शर्मा ,बिमला जी सी , मीरा खनाल ,र एक जना महिला सदस्य कार्य समितीले चयन गर्ने निर्णय गर्दै उक्त समितिले जतिसक्दो चाढो खानेपानी सन्चालन गर्ने प्रतिबद्दता जनाएको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष ईन्द्र ब सेनको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथी खानेपानी तथा सव डिभीजन कार्यलय बर्दियाका ईन्जीनीएर दिलीप कुमार साह, बिशेष अतिथी राजापुर नगरपालीकाका कार्यकारी अधिकिृत भेजराज खनाल रहनुभएको थियो भने अन्य अतीथीहरुमा इलाका प्रसासन कार्यलयका ना सु श्याम प्र आचार्य , अमर शहिद ब क्यम्पसका प्रमुख अनील दत्त चौधरी , खानेपानी प्राबीधीक कार्यलय गुलरीयाका ईवी बास्तोला , लगायत खानेपानीतथा सरसफाई उपभोक्ता समीतीका पुर्व सल्लाहकार , बिभीन्न राजनीतीक दलका प्रतीनीधी तथा स्थानीय पत्रकारहरुको उपस्थीती रहेको थियो ।

यो पनि पढ्नुहोस्:

राजापुरमा चार महिनादेखी खानेपानी बन्द

प्रतिक्रिया दिनुहोस्: