वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

राजापुर क्षेत्रमा काठको अवैध ओसारपोसार गर्ने तीनजना पक्राउ

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, जेष्ठ १५, २०७६ ।    

राजापुर,बर्दिया।
राजापुर नगरपालीका क्षेत्रमा अवैध रुपमा काठ ओसारप्रसार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । रातको समयमा काठको गोलिया ओसारपोसार गरिरहेको अवस्थामा राजापुर नगरपालिका–९, चैनपुरबाट प्रहरीले नियन्त्रणमा लिइएको हो पक्राउ पर्नेमा कोइलीका ३१ वर्षीय लक्ष्मण थारु, २४ वर्षीय विनय थारु र २२ वर्षीय पहरु थारु रहेको प्रहरीले जानकारी दिइएको छ ।पक्राउ परेकासँगै प्रहरीले ३९ दशमलव ७६ क्यु फिट सिसौं काठको गोलिया तथा ओसार पसारमा प्रयोग भएको डल्लप तथा भे ७ प ४६६४ नम्बरको मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यलय राजापुरका प्रमुख डिएसपी तिलक भारतीले जानकारी दिनुभएको छ ।


बरामद गरिएको काठको गोलियाको मूल्य करिब ३७ हजार रहेको प्रहरीको अनुमान छ । भोगपुरमा रहेको आरा मिल नजिक खेतमा लुकाई राखेको अवस्थामा २७ दशमलव ६२ क्युफिटका सातवटा सिसौका गोलिया पनि प्रहरीले बरामद गरेको छ, जस्को मूल्य २५ हजार हुने इलाका प्रहरी कार्यलय राजापुरको अनुमान रहेको छ ।पक्राउ परेका तीनैजनालाई हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय राजापुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...