वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

राजापुर क्षेत्रका समस्याका विषयमा छलफल

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, चैत्र १९, २०७५ ।    

मीन प्रसाद अधिकारी/राजापुर (बर्दिया) ।
केन्द्र, प्रदेश र स्थानिय तहले निमार्ण गर्ने योजनाहरुनै अन्यौलमा भएकाले विकास निमार्णमा समस्या आएको सरोकारवालाहरुले सुझाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ को योजनाका लागि प्रदेश र संघिय सरकारका सदस्य सम्मीलित योजना संकलन छलफलमा उक्त समस्या सुझाएका हुन् । बर्दिया उद्योग बाणिज्य संघ राजापुरको सभाहलमा आयोजना गरिएको कार्यक्रममा संघिय सरकारका सदस्य सन्त कुमार थारु, प्रदेश सदस्य दिपेश थारु लगायत सरोकारवाला सहभागी भएका थिए ।

कार्यक्रममा सो क्षेत्रका प्रमुख समस्याका बारेमा जानकारी गराउँदै राजापुर नगारपालीकाका प्रमुख शिव प्रसाद चौधरीले प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा नेपाल भारत सिमा क्षेत्रमा हात्ती धपाउन सहयोग मिल्ने १५ ओटा मचान, भौरा–भोगपुर–चैनपुर सडक स्तरोन्नती र बालाबजार गेरुवा सडकको स्तरोन्नतीको काम भैरहेको जानकारी दिए ।

कार्यक्रममा राजापुर नगरपालिका वडा नम्वर १ देखी १० नम्वर वडाका अध्यक्षले आ–आफ्नो वडाका प्रमुख समस्या र तिनको समाधानका लागि  संघ र प्रदेश सरकार कुन ठाउँबाट हुन्छ पहल गरिदिन अनुरोध गरेका थिए । कार्यक्रममा बुढीकूलो रतुवा नालाको कटान व्यवस्थापन कर्णाली तथा गेरुवा नदी व्यवस्थापन, सत्तीघाट पुलको स्पान थप राजापुर नगरपालीकाको फोहरमैला व्यवस्थापनका लागि डम्पीङ्ग साइड, हात्ती व्यस्थापनका लागि तारवार, कृषी उत्पादनका लागि सिँचाई कार्यक्रम, राजापुर खानेपानी व्यवस्थापन नागरिकता समस्या लगायतका विषयवस्तुको उठान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...