वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

राजापुर क्षेत्रका तोरी खेतीमा व्यापक लाही किराको प्रकोप

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७३ ।    

राजापुर ।
राजापुर क्षेत्रमा गरिएको तोरी खेतीमा व्यापक लाही किराको प्रकोप देखिएको छ ।

धान भित्र्याएर गरिएको तोरी खेतीमा लाही किराले धेरै सताएको किसानहरुले बताएका छन् । तोरी खेतीलाई मुख्य रुपमा मौसमले प्रत्यक्ष असर पार्ने भएकाले कुनै कुनै वर्ष किराको प्रकोप बढ्ने गरेको कृषिविद् तथा अगुवा किसानहरुले बताउनु भएको छ । तोरीमा लाही किरा लागेपछि यो वर्ष उत्पादनमा ह्रास आउने राजापुर नगरपालिका ६ मुरैयाका किसान जगतराम दहितले बर्दिया अनलाईनलाई बताउनु भयो ।
लाही किरा बोटमा टाँसिएर चुस्ने किरा भएकाले १०० ग्राम सुर्तिलाई १ रात पानिमा भिजाउने र सुर्तिको झोल जुनसुकै साबुन २०० ग्राम घोल तयार गरी आल्मुनियम वा स्टिलको भाँडामा पकाई ५ देखि १० भाग पानी मिसाएर छर्दा लाही नष्ट हुने कृषि विद ईश्वरनाथ त्रिपाठीले वताउनु भयो । यस्तै, १ किलो खरानी एक चौथाई डिजल वा मट्टि तेलमा मिसाएर छरे पनि लाही किरा नियन्त्रण हुने कृषिविद त्रिपाठीको बताउनु भएको छ । रोगर, अनुरोगर, रोगोहिट जस्ता किटनाशक विषदी २ प्रतिलिटर पानीमा मिसाई एक कठ्ठामा १६ लिटर छर्दा पनि किराको नियन्त्रण गर्न सकिने कृषिविद् त्रिपाठीको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: