वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

राजापुरमा २१ दिनदेखी बेबारिसे अवस्थामा रहेकी असक्त महिलाको मृत्‍यु

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, कार्तिक १९, २०७४ ।    

राजापुर बर्दिया।
बर्दियाको राजापुर नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा वेवारिसे अवस्थामा गत २१ दिनदेखि रहेकी वडा नं.१ सोनपुर घर बताउने अन्दाजी ४० वर्षिय एक महिलाको गए राति मृत्यु भएको छ ।
आफ्नो ससुरा महादेव चौधरी र श्रीमान राजु चौधरी रहेको बताउने शारीरिक रुपले असक्त अवस्थामा रहेकी मनकुमारी चौधरीले आफुलाई उपचारका लागि श्रीमान राजु चौधरीले नेपालगंज लैजाने भनी सोनपुरदेखि मामा सेलरु थारुको डल्लपमा राजापुर बस पार्कमा ल्याई छोडि गएको बताएकी थिईन् । आफ्नो माईती घर बुटवल बताउने चौधरीलाई नेपाल प्रहरीले वेवारिसे अवस्थामा फेला पारे पछि प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर आफन्तको खोजी कार्य जारी राखेको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी प्रमुख सूर्य बहादुर केसीले बताउनु भएका थिए । बदलिदो मौसममा मनकुमारी चौधरीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कम्जोर बन्दै गएको, स्याहार गर्ने कोही नभएको र चिसोले मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अनमी विष्णुमाया न्यौपानेले बताउनु भयो ।
गरिब दुःखी र असाहय महिलाको नाम भजाएर देशी विदेशी नागरिकहरुको भेला गर्दै महिला, नारीको बिल्ला झुन्ड्याएर रमाउने संघसंस्था र समिति, स्थानिय तहका जनप्रतिनिधि, प्रशासन लगायतले वेवारिसे अवस्थामै मरेकी मनकुमारी चौधरीको बारेमा प्रभावकारी खोज गर्न नसक्नुले गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्: