वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

राजापुरमा वेपत्ता पिडित तथा सरोकारवाला बिच अन्तक्रिया सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५ ।    

मिन अधिकारी/राजापुर।
बर्दियाको राजापुरमा वेपत्ता पिडित तथा सरोकारवाला सँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वेपत्ता परिवारका व्यक्तिको छानविन आयोग नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा भौरा क्षेत्रका ६४ जना वेपत्ता पिडित र सोकारवाला वीच छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रमका सभापति बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव कृष्णजीवि घिमिरे प्रमुख अतिथि बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सह सचिव प्रम कुमार श्रेष्ठ, विशिष्ट अतिथि गेरुवा गाउँपालिका अध्यक्ष जमान सिहं केसी, द्वन्द पिडित बर्दियाका सचिव माया राम चौधरी, मानवअधिकारकर्मी कुलराज थारु, पत्रकार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अथितिले पिडित परिवारको अवस्था र अपेक्षाको सिफारिस गर्ने, हराएका व्यक्तिको सरोकारवालासँग सहकार्य गरि चित्रण गर्ने, उजुरीको छानविन गरी दोषीलाई कारवाहीकालागि सिफरिस गर्ने, आयोग नेपाल सरकारको आयोग भएकाले कसैले शंका नगरि सहयोग गर्न अनुरोध समेत गरेका छन । विशिष्ट अतिथि गेरुवा गाउँपालिका अध्यक्ष केसीले १४ वर्ष पछि भए पनि बर्दियामा छानविन आयोग पठाएकाले छानविनका लागि पिडित कै घरमा आयोग पुग्न सके अझ प्रभावकारी हुन सक्ने उनको भनाई थियो ।
पिडित परिवारलाई अहिलेको वहुमतको सरकारले धेरै गर्न सक्ने भएकाले सत्य तथ्य छानविन गरी १ परिवार १ सदस्य रोजगारीको व्यवस्था गर्नु पर्ने बताए । पिडितका तर्फबाट वोल्दै सहभागिले सरकारले थुपै आयोग गठन गरेको तर कुनै उपलब्धि हुन नसकेकोले अव आफ्नै गाउँ ठाउँमा आएको आयोगबाट उपलब्धिको आशाा गरेको वताएका छन । आफ्ना परिवारका सदस्य हराउदा पनि सरकारलाई सुनुवाई गर्न र अनुहार चित्रण गर्न नपाए पनि राज्यले कि लास कि सास देखाउनु पर्ने वताएका छन् । राजापुर क्षेत्रका सरोकारवालाले कुनै वास्ता नगरेकाले आफुहरु थप दुखि भएको वताएका छन् । मानवअधिकारकर्मी चौधरीले वेपत्ता व्यक्तिका परिवारले पाएको परिचय पत्र पुस्ता हस्तान्तरण गर्ने व्यवस्था गर्नु पर्ने बताए ।
पिडितका परिवारले सबै कुरा खोल्न नसक्ने भएकाले प्रत्येक परिवारलाई समय दिएर छानविन गर्नु पर्ने बताए । कार्यक्रमलाई समापन गर्दै सभापतिले पिडित परिवारले आफुलाई दिएको जिम्मेवारीलाई नासोको रुपमा सरकार समक्ष पु¥याउने र आफुहरुले गरेको छानविन र सिफारिसको अनुगमन गर्ने मानवअधिकार रहेकाले आफुहरुलाई निशंकाच सहयोग गर्न अनुरोध गर्दै समापन गरेका थिए । कार्यक्रममा स्वागत आयोगका सदस्य हरी नारायण राज भण्डारीले गरेका थिए । राजापुर भन्सार कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन नारायण पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: