वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

राजापुरमा लागुऔषध ‘नाइट्रोभेट–१०’ सहित तीन जना पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, मंसिर १८, २०७५ ।    

मिन अधिकारी,राजापुर।
बर्दियाको राजापुर नगरपालिकाबाट लागुऔषध ‘नाइट्रोभेट–१०’ सहित तीन जना पक्राउ परेका छन् । सोमबार साँझ राजापुर–४ स्थित बजार क्षेत्रबाट ज्ञानु सोनाहा र आनन्द सोनाहालाई लागुऔषध सहित नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख (डिएसपी) तिलक भारतीले जानकारी दिए ।
‘सोमबार साँझ पक्राउ परेका दुई जनाको बयानका आधारमा मध्याराती ऋषिराम थारु लाई पक्राउ गरिएको हो’ डिएसपी भारतीले भने, ‘पक्राउ परेकाहरु लागुऔषधको सेवनकर्ता र कारोबारी समेत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
प्रहरीले अभियुक्तहरुको साथबाट १३९ ट्याब्लेट ‘नाइट्राभेट–१०’ बरामद गरको छ । राजापुर–१ स्थायी घर भएका कारोबारीहरुले खुल्ला सिमानाको फाईदा उठाउँदै भारतिय बजारबाट लागु औषध खरिद गरेर नेपाली बजारमा विक्री गर्ने गरेको पाइएको छ । उनीहरुलाई लागुऔषध मुद्दामा म्याद लिएर थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ । राजापुर प्रहरीले स्थानीय विद्यालयहरुमा क्लास लिने तथा लागु औषध विरुद्धको जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जनचेतनामुलक कार्यक्रम गर्न थालेपछि पहिलेभन्दा लागु औषधको कारोबारमा कमी आएको डिएसपी भारतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: