वि.सं.   आइतवार, माघ १२, २०७६   तदनुसार  26 January 2020

राजापुरमा माघी महोत्सवको आयोजना गरिने

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, पुस ६, २०७६ ।    
Loading...

राजापुर- ‘समृद्ध बर्दियाको प्रमुख आधार व्यापार,कृषि, पर्यटन संस्कृति र पूर्वाधार’ भन्ने मूल नाराका साथ राजापुरमा बर्दिया माघी महोत्सव हुने भएको छ । बर्दियाको राजापुरमा यहि पुस २८ देखि माघ ८ सम्म महोत्सव गर्न लागिएको आयोजक बर्दिया उद्योग बाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।
कृषि,पर्यटन विकास र एतिहासिक क्षेत्रको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिनलागेको अध्यक्ष रेग्मीले बताए । महोत्सव अवधिभरको खर्च कटाएर बचेको रकमको ६० प्रतिषत रकम सँस्थाको बिकाशमा लगानी गरिने र ४० प्रतिषत रकम गरीब विद्यार्थी छात्रवृति कोषको स्थापना गरिने अध्यक्ष रेग्मीले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । रमणीय पर्यटकिय स्थल, प्राचीन बजार, मठ मन्दिर समेत रहेको विविध ऐतिहासिक सांस्कृतिक विविधताले भरिपूर्ण राजापुरमा माघि महोत्सव आयोजना गरिन लागैकोमा पर्यटन क्षेत्रकोपनी बिकास हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा नायक राजेश हमाल,बिराज भट्ट ,नायीका रेखा थापा,गायक दुर्गेश थापा लगायतका कलाकार ल्याइने तयारी भएको आयोजकले जनाएको छ । बर्दिया उद्योग वाणिज्य संघ का अध्यक्ष रेग्मीको नेतृत्वमा हुन लागेको महोत्सव सफल पार्न आफूहरुले तन्,मन,धन दिएर सहयोग गर्ने उपाध्यक्ष चन्द्रेश्वर सुवेदी,सचिव केदार थापा, कोषाध्यक्ष गंगाराम चौधरी, कार्यसमिति सदस्य सुनिल दहितले प्रतिवद्धता जनाउदै सवैलाई सहयोग गर्न अनुरोध समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: