वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

राजापुरमा बजार अनुगमन, नागरिकता तथा लालपुर्जा सम्बन्धी अन्तरक्रिया

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, अशोज १, २०७५ ।    

मिन अधिकारी,राजापुर।
बर्दियाको राजापुरमा बजार अनुगमन, नागरिकता तथा जग्गाधनी लालपुर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ईलाका प्रसासन कार्यलय राजापुरका प्रमुख कृष्ण प्रसाद गौतमले सहजीकरण गदै नागरिकता छानविन कार्य गृह मन्त्रालयले गर्नका लागि राजापुरबाट आवश्यक कागजपत्र श्रेस्ताहरु लगि सकेको र धेरै नागरिकता प्रमाण पत्र शंकास्पद देखिएकाले केहि समय लाग्ने र वदर हुन सक्ने बताएका छन । कालो वजारी र अखाद्यवस्तु विक्रि गरेको पाईएमा तिन वर्ष जेल र १ लाख जरिवाना हुने कानुन पारित भएकाले सवै व्यापारिहरु सचेत हुन पनि अनुरोध गरेका छन । वडा नं- ४ का वडाध्यक्ष रेग्मीले खाद्य गुणस्तर तथा नापतौलका ढक सधै चुस्तदुरुस्त राख्नु हुन अनुरोध गरेका छन । जग्गादर्ता भन्दा पनि नागरिकताको विषय पहिला टुङ्याएर लालपुर्जाको प्रक्रिया अघि वढेमा काम प्रभावकारी हुने बताए । राजापुर वजारको दर्ता प्रक्रिया र लालपूर्जा दिनेमा स्थानिय सरकारलाई वाल विटौरी जग्गाको पूर्जा दिने अधिकार नभएको र निति समेत स्पष्ट नभएकाले समस्या भएको प्रमुख अतिथि नगरउपप्रमुख चौधरीले बताए ।
बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मीको अध्यक्षतामा भएको भएको कार्यक्रमको प्रमुख अतिथि राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरी रहेका थिए । नेपालीहरुको महान चाडपर्व आउदै गरेका वेला व्यापारिक अवस्था, चोरी पैठारी, कालो वजारी, लगायतका समस्यालाई कम गर्न अन्तरक्रियामा उपस्थित सरोकारवालाले भूमिका खेल्नु पर्ने निष्कर्ष निकालिएको थियो । राजापुर क्षेत्रका मुख्य वजारहरु शान्तिवजार, नयाँगाँउ, टपरा वजार, वाला बजार लगायतका वजारका प्रतिनिधिहरुको सक्रियतामा वजार अनुगमन गरिने भएको छ । सो कार्यक्रममा र्इलाका प्रशासन कार्यलयका प्रमुख कृष्ण प्र गौतम, राजापुर नगरपालिका ३ का वडाध्यक्ष विष्णु प्रसाद खनाल, वडा न। ४ का वडाध्यक्ष रमन कुमार रेग्मी, बर्दिया उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोविन्द रिजाल, रेडियो साथीका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको समापन गर्दै बर्दिया उद्ययोग वाणिज्य संघले गरेको कार्यलाई जन प्रतिनिधिले उच्च प्राथमिकतामा राख्नु पर्ने बताएका थिए । बर्दिया उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव केदार थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: