वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

राजापुरमा पौष २२,२३ र २४ गते प्रवर्धनात्मक कृषि मेला हुँदै

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, पुस १९, २०७३ ।    

राजापुर
बर्दियाको राजापुरमा यही पौष २२,२३ र २४ गते कृषि मेला आयोजना गरिने भएको छ ।

भौरा क्षेत्रमा उत्पादन हुने खाद्यवालीहरु प्रवर्धनलाई मुख्य लक्ष्य राखेर गरिन लागिएको उक्त कृषि मेला प्रदशनी कृषि सेवा केन्द्र स्तरिय कृषि विकास एलायन्सको आयोजनामा सञ्चालन हुनेछ ।

राजापुरको अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरको खेल मैदानमा हुने कृषि प्रदर्शनी मेलालाई भव्य र सभ्य रुपमा सफल पार्न लखनलाल थारुको अध्यक्षतामा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित २४ सदस्यीय मूल आयोजक समितिको गठन गरिएको छ ।

त्यस्तै प्रदर्शनीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न ७ वटा उप-समिति समेत गठन गरी मेलाको पुर्व तयारीलाई तिब्र पारिएको छ । मुक्ति नारायण पौडेलको संयोजकत्वमा ४ सदस्यीय आर्थिक संकलन समिति, कैलाशनाथ थारुको संयोजकत्वमा ३ सदस्यीय स्टल तथा गेट निर्माण, पहारी थारुको संयोजकत्वमा ३ सदस्यीय मञ्च निर्माण समिति, मुक्ति नारायण पौडेलको संयोजकत्वमा ४ सदस्यीय प्रचार प्रसार उपसमिति, अतिथि सत्कारमा सरस्वती थारु र पुजा थारु, राजेश वलीको संयोजकत्वमा ४ सदस्यीय झाँकी व्यवस्थापन उपसमितिको गठन गरिएको छ ।

राजापुर कृषि सेवा केन्द्र राजापुरमा न.पा.का अध्यक्ष चेतन कुमार खत्रीको अध्यक्षता र जिल्ला कृषि विकास कार्यालयका प्रमुख परशुराम रावतको प्रमुख आतिथ्यतामा बसेको बैठकले कृषि मेला आयोजना गर्ने निर्णय गरेको हो । बैठकमा यस क्षेत्रका कृषि समुह, कृषि सहकारी, संघसस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...