वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

राजापुरमा नगरस्तरिय तीन दिने कृषि मेला प्रदर्शनी हुने

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४ ।    

राजापुर,बर्दिया ।
बर्दियाको राजापुरमा माघ १८, १९ र २० गते नगरस्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ । ‘कृषि, पर्यटन व्यापार र पूर्वाधार राजापुर विकासको मूल आधार भन्ने नाराका साथ आयोजना हुने मेलाको आयोजक राजापुर नगरपालिकाको कार्यालय कृषि विकास शाखा, नगरस्तरीय कृषि समुह समन्वय समिति, कृषि समूह तथा सहकारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना जोन कार्यान्वयन ईकाई रहेका छन् ।
नगरपालिका भित्रका किसानले उत्पादन गरेका विभिन्न कृषि उपज मेलामा राखिने र उत्कृष्ट उत्पादनलाई पुरस्कार समेत दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...