वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

राजापुरमा दबावका लागि संघर्ष समितिको घोषणा

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, पुस १२, २०७४ ।    

राजापुर, बर्दिया ।
बर्दियाको राजापुर नगरपालिकामा स्थानिय बजारवासीले जग्गाधनी प्रमाण पूर्जा वितरणका लागि दवाव दिन आज सघर्ष समितिको घोषणा गरेका छन् । स्थानिय बजारवासी विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा संघर्ष समिति घोषणा गरिएको हो।


विरोध स्वरुप राजापुरको चोक वजारमा कोण सभा समेत गरिएको थियो । सभालाई सम्वोधन गर्दै बजारबासी कृष्ण शर्माले आफुहरुलाई चुनावमा १५ दिनमा जग्गाधनी प्रमाण पूजा दिन्छु भन्ने भुमिसुधार मन्त्री आफ्नै पालामा जग्गाधनी प्रमाण पूर्जा दिने भनी आलटाल गर्ने, नगरप्रमुखहरुको आश्वासन र बारम्बारको डेलिकेशनबाट दिक्दार भएकाले संघर्ष गर्नु परेको बताए । संघर्षका कार्यक्रमलाई पूर्णता दिन सबै बजारबासीहरुले सहयोग गरी लाल पूर्जा पाउनका लागि जस्तोसुकै कठिनाईको सामना गर्न आफुहरु तयार रहेको स्थानियबासी तथा व्यापारी फुलाराम सुनारले बताएका छन । वजारवासीहरुले एक भएर संघर्षमा साथ दिनु पर्ने र कुनै पार्टीको पक्ष बिपक्ष नभनि समग्र राजापुर बासिहरुको हितमा लागी संघर्ष गर्नु पर्ने समाज सेबी बिदुर पोखरेलले सबैलाई आग्रह गरे ।

यो पनि पढ्नुहोस्:

लालपुर्जा नपाए चरणबद्द आन्दोलनमा उत्रने राजापुरबासीको एक हप्ते अल्टिमेटम

प्रतिक्रिया दिनुहोस्: