वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

राजापुरमा चम्पन सांस्कृतिक मेला-०७४ शुरु; ४ गतेसम्म चल्ने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, माघ २, २०७४ ।    

राजापुर,बर्दिया ।
स्थानिय कला संस्कृतिको संरक्षण तथा सम्बर्धनका लागि माघी मेला भने नारासाथ बर्दियाको राजापुर नगरपालिका- ६ टपरामा आज चम्पन साँस्कृतिक मेला-२०७४ शुरु भएको छ । राजापुर नगरपालिकाका पहिलो मेयर शिब प्रसाद थारुले कार्यक्रमको उद्घाटन गर्दै थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रुपमा विशेष तरिकाले मनाउने गरेको बताए । थारु जातिको कला संस्कृति, साहित्यको विकास र संरक्षणका लागि सवै एक जुट हुनु पर्ने उनको भनाइ छ । कार्यक्रममा आदिवासी थारु जातिको विकासका लागि नगरपालिकाले विशेष योजना सहित बजेट बिनियोजन गरी विभिन्न कार्यक्रम लिएर अगाडि वढ्ने र नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको बनाउदै नगरपालिकालाई कृषि नगरपालिकाको रुपमा अगाडि वढाउने नगरप्रमुख थारुले प्रतिबध्ता समेत ब्यक्त गरेका छन ।


कार्यक्रमका विशेष अतिथि वडा नं. ६ का वडाध्यक्ष महेश थारु अन्य अतिथिहरुमा राजापुर नगरपालिका वडा नं.५ का वडाध्यक्ष राम वहादुर थारु बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष गोविन्द रिजाल, बर्दिया अनलाइनका राजापुर सहकर्मी तथा साथी एफ एमका स्टेशन म्यानेजर मीन प्र अधिकारी, स्थानिय समाज सेवी, वुद्धिजीवि, वडघर, संघ संस्थाका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
वडा स्तरिय युवा संजाल मानपुर टपराले आयोजना गरेको मेलालाई राजापुर नगरपालिका-६ ले आर्थिक सहयोग गरेको छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विभिन्न प्रस्तुति गरेका थिए । मेला २, ३ र ४ गते सम्म ३ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: