वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

राजापुरमा कृषि मेला प्रदर्शनी शुरु

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४ ।    

राजापुर,बर्दिया ।
राजापुरमा बिहीवारदेखी भव्य कृषि मेला प्रदर्शनी शुरु भएको छ । कृषि व्यापार पर्यटन र पूर्वाधार राजापुर विकासको आधार भने नाराका साथ शुरु भएको प्रदर्शनीलाई एक कार्यक्रमक बिच राजापुर नगरपालिकाका मेयर शिव प्रसाद थारुले उद्घाटन गरेका छन ।


स्थानिय किसानको उत्पादनलाई प्रर्वधन गर्ने उद्देश्यका साथ सुरु गरिएको कृषि मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर थारुले कृषि व्यवसायमा लागेका किसानले व्यवसायिक खेतीमा जोड दिनु पर्ने बताएका छन । ७० प्रतिशत भन्दा वढी किसान रहेको नेपालको समृद्धिको मुख्य आधार कृषि व्यवसाय नै भएकाले कृषकलाई प्रोत्साहन गर्न कृषि क्षेत्रमा उल्लेख्यवजेको विनियोजन गरी कृषि विषेश कार्यक्रम सञ्चालन गर्ने बताए । विगतका दिनहरुमा आफ्ना उत्पादनको प्रदर्शन गर्ने किसानलाई दिईने प्रोत्साहन रकम न्युन भएकाले उत्कृष्ट किसानलाई यस वर्ष देखि २ हजार १हजार ५ सय र १ हजार दिने निर्णय गरेको जानकारी दिए । राजापुर नगरपालिमा उत्पादन भएका कृषि उपजहरुलाई व्यवस्थित गरि वजारीकरण गर्नका लागि राजापुर नगरपालिका वडा नं.५ मा शित भण्डारको निर्माणका लागि नाप नक्सा भई सकेको र छिट्टै निर्माण कार्य शुरु हुने भएकाले यस क्षेत्रका किसानले ढुक्कसगँ व्यवसायिक उत्पादनमा लाग्न आग्रह गरे । कृषिको धेरै सम्भावना वोकेको यो क्षेत्रका किसानले भोग्ने गरेका सवै समस्या समाधानका लागि आफु प्रतिवद्ध रहेको जनाए । मेलामा वडा नं. ५ का वडाध्यक्ष राम वहादुर थारुले कृषकहरुको मनोवल वढाई कृषिमा अग्रसर गर्नका लागि यस्ता खालका मेलाहरुलाई भव्यताका साथ सञ्चालन गर्न आफुहरुले सहयोग गर्ने र किसानले पनि मौसमी तथा वेमौसमी खेती तर्फ उन्मुख हुनु पर्ने बताए । वडा नं.८ का वडाध्यक्ष चिन्तामणि आचार्यले मेलामा संवोधन गर्दै नेपालको अधिकाशं क्षेत्र कृषिमा आधारित भएका वेला देशकै अन्नको भण्डार मानिनेयो क्षेत्रका किसानहरुलाई अगाडि वढाउन आधुनिक खेती प्रणालीको विकास गर्नका लागि राजापुरमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्थापना भएको वताउदै यो क्षेत्रको विकासका लागि आफुले विशेष योजनाका साथ अगाडि बढ्ने बताए । बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द रिजालले भौरा क्षेत्रका किसानको समस्या समाधान गर्न राजापुर नगरपालिका र गेरुवा गाउँपालिका एक भए र विशेष योजनाका साथ एकै ठाउमा कृषि मेलाको आयोजना गर्नु पर्ने वताउदै मेलाको सफलताको शुभकामना दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख कुल प्रसाद अधिकारीले राजापुरमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विशेष गरी धान खेतीको विस्तार गर्ने उद्देश्य राखेकाले प्रति हेक्टर चैते धान खेती गर्ने किसानलाई अनुदान स्वरुप १० हजार रकम दिने वताउदै चैते धान खेतीमा लाग्न किसानलाई आग्रह गरे ।
कृषि मेलाको सभापति नगर स्तरीय कृषि समन्वय समितिका अध्यक्ष चेतराम थारु विशेष अतिथि राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद थारु, विशेष अथितिमा राजापुर नगरपालिकाका वडाध्यक्षहरु, सरकारीकार्यालयका प्रमुख वा प्रतिनिधि, राजनितिक दलका प्रमुख वा प्रतिनिधि, बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष, लगायत कृषक समूहको वाक्लो उपस्थिति थियो ।
३ दिन सम्म सञ्चालन हुने मेलामा राजापुर नगरपालिका कृषकहरुको सहभागीताको लागि उल्लेख्य स्टलको व्यवस्था गरी स्थानिय उत्पादनलाई प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: