वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

राजापुरमा अज्ञात समुहद्वारा चोरी

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, फाल्गुन १८, २०७३ ।    

राजापुर, बर्दिया ।
बर्दियाको राजापुर नगरपालिका वडा न. ९ बसन्तामा एकै साथ ३ वटा घरमा चोरीको प्रयास भएको छ । स्थानिय २ वटा किराना पसल र अर्को एक घरमा रातीको समयमा अज्ञात समुहबाट चोरी भएको हो ।

स्थानिय लौटन थारुको गाउँमै खोलेको किराना पसलको भित्ता फोरेर बेच्न राखेको केहि सामान र मोबाईल चोरी भएको छ भने त्यस्तै अर्का व्यक्ती समिर थारुको किराना पसलबाट मोबाईल चार्ज गर्ने चार्जर र इयरफोन चोरिभएको छ । अर्का एक स्थानिय सोमप्रसाद थारुको कच्ची घरको भित्ता फोरेको भए पनि केहि पनि चोरेर नलगेको स्थानियले बताएका छन् । विहान उठ्दा ढोका खोल्न लाग्दा बाहिरबाट ढोकाको चुकुल लाएको र पसलको भित्ता काटेको ठाउँमा चुरोट खसेको देखेपछि मात्र चोरी भएको आफुले थाहा पाएको स्थानिय लौटन थारुले बताउनुभयो । राती १२, १ बजेको समयमा चोरी भएको हुन सक्ने र चोरी कसले गरेको हो भन्ने बारेमा आफुहरु अनविज्ञ रहेको थारुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...