वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

राजापुरदेखि टिहुनीसम्मको बाटो पिच निर्माण कार्य तीव्र

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७३ ।    

राजापुर ।
पूर्वाधारको निर्माणले स्थानियको जीवनस्तर माथि उठ्ने सरोकारवालाको विश्वाससहित राजापुरदेखि टिहुनीसम्म जाने बाटो पिच निर्माण कार्यलाई तीव्र पारिएको छ ।

वि.स. २०७२ सालमा ठेक्का सम्झौता गरेको महालक्ष्मी निर्माण कम्पनीले नै बाटो बनाउने कामलाई अघि बढाएको हो । राजापुर बजार क्षेत्रमा सडकको दुवै किनारामा पक्कि नाली र ८ देखि १० मिटर चौडा ओटाशिल सडक कालो पत्रे गर्ने र अन्यत्र पौने ४ मिटर ओटाशिल कालो पत्रे गर्ने सम्झौता भएको ठेकेदार भरत पौडेलले बर्दिया अनलाईनलाई जानकारी दिनु भयो ।

राजापुरदेखि टिहुनीसम्म १० कि मी सडक कालो पत्रे आगामी असार मसान्तसम्म सकिने ठेकेदार पौडेलले बताउनु भयो । बाटोको पश्चिम उत्तर किनारमा बजारदेखि नै नाला महाँ लक्ष्मी निर्माण कम्पनीले गरिसकेको छ भने पूर्व दक्षिणको निर्माण भने भवन डिभिजन कार्यालय र राजापुर न. पा.ले निर्माण गर्ने सम्झौता भएको थियो । पूर्वी सडक किनारका स्थानियले तीव्र असन्तुष्टि जनाउदै निर्माण कार्यको जिम्मेवार निकायले नै व्यक्तिको मुख हेरेर काम गरेको आरोप समेत लगाउदै निर्माणमा अवरोध गरेका छन् ।

भौराटप्पा क्षेत्रलाई दुवै तिरबाट घेरेका कर्णाली र भेरी जस्ता ठुला नदीमा पक्की पुलको निर्माण हुनु, हुलाकी सडक, रिङ रोडको निर्माणले विकासको दृष्टिले पिछडिएको राजापुरवासीले विकासको अनुभव गर्न पाएको अमर शहीद श्री दशरथ चन्द मा.वि.राजापुरका संयोजक भूमिनन्द न्यौपानेले बताउनु भयो । बाटोघाटो पुलपुलेसा बने यो क्षेत्रमा उब्जेका जुन कुनै पनि खाद्यबालीले राम्रो वजार भाउ पाउने र स्थानियको जीवन स्तर माथि उठ्ने संयोजक न्यौपानेको भनाई छ । राजापुरवासीमा यो बाटो कालो पत्रे हुने भएपछी खुशियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्: