वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

योजना कार्यान्वयनका लागि वडा स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: सोमवार, पुस १०, २०७४ ।    

बगनाहा, बर्दिया ।
ठाकुरबाबा नगरपालिकाको ३ नंं वडा कार्यालयले ३ नं वडाका ७ वटै गाउँका बडघर तथा चौकीदारहरुको सहभागीतामा नेतृत्व विकास तथा समन्वयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाबाट आउने योजनाहरुको कार्यान्वयन तथा संचालनका लागी वडास्तरबाट उपभोक्ता समूह गठन गर्ने तयारी भएकाले वडास्तरमा निर्माण हुने उपभोक्ता समूहको समन्वय तथा सहजीकरणका लागी बडघर र चौकीदारहरु संग अन्र्तक्रिया तथा समन्वयात्मक कार्यक्रम गरेको वडा अध्यक्ष श्रीकृष्ण थारुले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुलाई नेतृत्व विकास सम्बन्धी जानकारीका साथ निर्माण हुने उपभोक्ता समूहको बारेमा जानकारी समेत गराईएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थारुले आफुहरु वडाबासीहरुको सेवाका लागी निर्वाचित भएकोले उपलब्ध स्रोत साधनको प्रयोगबाट आफुहरुले सक्ने सम्मको सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेका बताए । स्थानिय तहको निर्वाचन मार्फत जनप्रतिनिधी छनीएर कार्य संचालन गर्दै आई रहेको र जनप्रतिनिधी सबै ठाउँमा पुग्न नसकि रहेको अवस्थामा बडघर तथा चौकीदार मार्फत सबैमाझ पुग्न सजिलो हुने बताईएको छ ।

वडा कार्यालयबाट प्रबाह हुने सुचना तथा सेवाका कार्यक्रमहरुलाई स्थानियहरुमा सहज अनी छिटो प्रबाह गर्नका लागी गाउँका हरेक बडघरहरुलाई वडा कार्यालयबाट मोबाईल उपलब्ध गराईएको छ । जसका कारण वडा कार्यालय तथा बडघर र चौकीदारहरु बिच प्रत्यक्ष सम्पर्क रहेने जसबाट स्थानिय स्तरमा सेवा पु¥याउन सहज हुने वडा कार्यालयले विश्वास लिएको छ । यहि ११ गते देखी उपभोक्ता समिती गठनको प्रकृया सुरु हुने कार्यक्रममा जानकारी दिईएको छ ।

फरक प्रसंगमा बोल्दै आफुलाई कुनै पार्टी विशेषको कार्यकर्ताको रुपमा नभएर नगरपालिकाको प्रमुखको रुपमा मात्र हेर्न नगरप्रमुख घननारायण श्रेष्ठले आग्रह गरे । नगरपालिकालाई उत्कृष्ठ बनाउनका लागी गाउँ स्तरहरुबाट नै परिवर्तनहरु हुनु पर्ने बताउँदै ३ नं वडा तथा समग्र नगरपालिकालाई नै नमूना वडा बनाउन वडा र वडाबासी लागनु पर्ने भन्दै समूहगत रुपमा कार्य गर्नु पर्ने र आपसी सदभाव कायम गर्दै अघि बढ्नु पर्ने बताए ।

बडघर, चौकीदार तथा ३ नं. वडाका जनप्रतिनिधीहरुको सहभागीतामा संचालित कार्यक्रम वडा सचिव सानी मल्लले गरेकि थिईन भने नगर प्रमुख घननारायण श्रेष्ठको प्रमुख आतिथ्यता, नगरपालिकाका योजना शाखा प्रमुख चक्रपाणी आचार्यको विशिष्ट आतिथ्यता र वडा अध्यक्ष श्रीकृष्ण थारुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्: