वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

यात्रु बोकेको जीप दुर्घटना १ जनाको ज्यान गयो ११ जना घाईते

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, चैत्र २७, २०७३ ।    

बाँसगढी, बर्दिया ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दियाको बाँसगढी नगरपालिका-९, लक्ष्मणा नजिक यात्रु बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना घाईते भएका छन् ।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बा १ ज ५२०१ नम्बरको उईँगंर गाडिले बिपरित दिसाबाट आईरहेको साईकल यात्रीलाई ठक्कर दिदा यात्रु बोकेको जीप दुर्घटना हुँदा बर्दिया बाँसगढी नगरपालिका-९, का १७ वर्षिय बिजय बिसीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
यात्रुवाहक जीप सडकबाट १० मिटर तल खस्दा १० जना यात्रु सहित साईकल यात्री घाईते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुलाई थप उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर पठाईएको र बाँकी ७ जनाको स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: