वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

यसकारण तालाबन्दी भयो ठाकुरबाबा नगरपालिकाको कार्यालय…

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस ५, २०७४ ।    

सैनावार,बर्दिया ।
साबिकको बबई नगरपालिकाको जग्गामा नगरपालिकाको भवन निमार्ण हुनुपर्ने, नभए जग्गा फिर्ता हुनुपर्ने माग राख्दै स्थानियले बर्दियाको ठाकुरबाबा नगरपालिका ४ सैनावारमा रहेको नगरपालिका कार्यालय घेराउ गरेका छन् । सैनवार गाउँका बडघर भोसु थारुको नेतृत्वमा साविकको बबई नगरपालिकालाई ५ कठ्ठा जग्गा र एक कठ्ठा ११ धुर जग्गा दिएका जग्गादाता सितल सिँह कठायत सहितको टोलीले नगरपालिका घेराउ गरेका हुन् ।

मंगलवार दिउसो माग पुरा हुनुपर्ने भन्दै सैनवार गाउँका स्थानियले नगरपालिकाको कार्यलय तालाबन्दी गरेपछी नगरपालिकामा विभिन्न कामका लागि आएका सेवाग्राहीहरु मर्कामा परेका थिए ।
यता ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले समस्याको समाधान बसेर समुचित तरिकाले निकालिने बताएका छन । कार्यालयको महत्वपुर्ण कामले जिल्ला बाहिर जानु परेको बताउँदै विवाद भन्दा पनि समाधानका लागि केही दिनमा सम्बन्धित सबै पक्षहरु बस्ने वातावरण मिलाउने बताए ।
साबिकका नेउलापुर र बगनाहा गाविस मिलेर बनेको बबई नगरपालिका र अहिले थप अरु दुई गाविस गाभिएर ठाकुरबाबा नगरपालिका भएपछी अली धेरै क्षेत्रफल भएको र सबैलाई पायक पर्ने ठाउँमा नगरपालिका स्थापना गरीनुपर्ने सम्पुर्ण नगरवासीको माग भएकाले छलफल गरेर मात्रै काम अघि बढाउने नगरप्रमुखले बताए । जग्गादाताले दिनुभएको जग्गामा पनि भवन निर्माण गरी कुनै कार्यालय स्थापना गर्ने र अन्य ठाउँमा पनि खरीद नगर्नु पर्ने जग्गा पाईएमा ईलाका प्रसासन स्थापनाका लागि पहल गरी अन्य कार्यालयहरु पनि विस्तारै स्थापना गरीने भएकाले विकासका कामका लागि विवाद नगर्न सम्पुर्ण नगरवासीलाई नगरप्रमुख श्रेष्ठले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: