वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

म्यादी प्रहरीमा बर्दियाबाट ६ हजार ९ सय भन्दा बढीको आवेदन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, कार्तिक २, २०७४ ।    

गुलरिया, बर्दिया ।
म्यादी प्रहरी भर्ना हुनका लागि बर्दियामा ६ हजार ९ सय  भन्दा बढी आवेदन परेको छ । अगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा दरखास्त आह्वान गरिएकोमा बर्दियामा ६ हजार ९ सय ३३ जनाले आवेदन दिएका हुन् । जसमा पुरुष ५ हजार १ सय ६ र महिला १ हजार ८ सय २७ रहेका छन ।
बर्दियाका लागि म्यादी प्रहरीको कोटा १५ सय १४ जना छुट्याइएको छ । आवेदन दिएकाहरुबाट छनोट प्रक्रिया कात्तिक ५ गतेदेखि सुरु हुने  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी डिएपी युबराज खड्काले बताए । छनोट प्रकृया सकिएपछि म्यादी प्रहरीको तालिम सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आश्विन २४ गतेदेखि ३० गतेसम्म आवेदन लिइएको थियो । म्यादीमा भर्ना हुन भारतमा काम गर्न गएका युवासमेत स्वदेश फर्किएका छन् । बेरोजगारीका कारण म्यादीमा भर्ती हुन चाहनेको संख्या अत्याधिक रहेको डिएपी खड्काले बताए । बर्दियामा प्रदेश सभाका लागि ४ र प्रतिनिधि सभाका २ निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: