वि.सं.   शनिबार, अशोज ४, २०७६   तदनुसार  21 September 2019

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मत्यु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ९, २०७६ ।    

गुलरिया (बर्दिया) ।
गुलरिया नगरपालिका–३ निमकोठियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । वडा नम्बर १ खैरापुरका प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे. ८ प ७८९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना भएको थियो ।

मंगलबार राति ११ बजे दुर्घटनामा यादव घाइते भएका थिए । घाइते यादवको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ । महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा आएका थिए । उनी गुलरिया नगरपालिका–४ तुल्सीपुर विवाहघरदेखि घरतर्फ फर्किरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...