वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

मेयर कपले ल्यायो खेलाडीमा नयाँ उर्जा

        प्रेम बुढा   |   प्रकाशित मिति: आइतवार, माघ २८, २०७४ ।    

मधुवन,बर्दिया ।
मधुवन नगरपालिकामा गत शुक्रबार देखी शुरु भएको पहिलो मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताले खेलाडिहरुलाई नयाँ उर्जा थपेको उनीहरुले बताएका छन । रनिङ्ग शिल्डले उपाधी जित्नु भन्दा ठुलो अनुशासन सिकाएको वडा नंं- ५ का फुटबल खेलाडी खगेन्द्र बुढाले बताए ।

एन्फाको टिमले एन्फाको नियम अनुसार नै खेलकुद खेलाई रहदा खेलप्रेमीहरुले नँया अनुभव गरिरहेको बताएका छन । खेलाडी खेल मैदानमा प्रवेश देखी सहायक एम्पाएरहरुको भुमिका,खेलडी परिवर्तन गर्दा अपनाइएको प्रक्रिया तथा खेलाडीले देखाएको अनुशासन यस क्षेत्रका खेलप्रेमीका लागि नयाँ प्रयोग र सिकाईको विषय बनेको छ । विगतमा गाउँ स्तरका खेलकुद प्रतियोगिता निकै कम मात्रामा हुँदा यस क्षेत्रको खेलकुल सुस्ताएको अवस्थामा थियो । जिल्ला भन्दा बाहिर गएका यूवाहरु दशै र तिहार जस्ता पर्वमा घर विदामा आउदा मात्रै वडा स्तरिय खेलकुद आयोजना हुने गरका थिए । नगरपालिककाका ९ वटा वडाबाट छनोट भएर आएका खेलाडीहरुले पहिलो मेयर कपमा सहभागिता जनाईरहेका छन । घरेलु मैदानमा आफ्नै वडाका टिम विच रोमान्चक प्रतिष्प्रर्धा हेर्न दर्शकले बाक्लो उपस्थिति जनाइरहेका छन । आशा र आनन्दको सम्मान नै साँचो सम्पति हो भन्ने भावना खेलप्रमीहरुमा जगाउन रनिङ्ग शिल्डले भूमिका खेलेको वडा अध्यक्ष विजय कुमार रानाले बताए ।
स्वास्थ जिवनका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको पहिलो मेयर कप रनिङ्ग शिल्डमा फुटबल संगै महिला र पुरुषको एक सय मिटर साथै ३ हजार मिटरमा महिला तथा ५ हजार मिटरमा पुरुषहरुको दौड समेत रहेको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए । प्रथम मेयर कपमा भाग लिए र उत्कृष्ट सिप प्रदर्शन गर्ने खेलाडिहरुलाई छनोट गरि नगरपालिका स्तरीय खेलकुद टिम निर्माण गरिने नगरपालिकाका मेयर कृष्ण के.सी.ले बताए । उनले भने ‘ हामी अब हुने नगर स्तरिय, प्रदेश स्तरिय खेलकुदमा भाग लिन सक्ने गरि उत्कृष्ट खेलाडीहरुको बलियो टिम निर्माण गर्दैछौं ।’
नगरपालिकाको आयोजना भईरहेको पहिलो मेयर कप रनिङ्ग शिल्डमा ७५ हजार राशिको प्रथम पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ । रनिङ्ग शिल्ड आगामी फागुन १ गते सकिने छ ।

प्रतिक्रिया दिनुहोस्: