वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

मुक्तक : न सम्हाल्न सकियो

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बुधबार, पुस २०, २०७३ ।    

मुक्तक – १
धेरै थोरै यो मन भित्र, आश राखेर ।
तिम्रो साथ पाउँछु भन्ने, बिश्वास राखेर ।
यो सफर त्यो गन्तब्य, कठिन बनाएछु,
पुग्नै पर्ने लक्ष्य तिमि, खास राखेर ।।

मुक्तक – २
न भुल्न सकियो, न साथ पाउन सकियो ।
न पुर्णरुपमा तिमिलाइ, गुमाउन सकियो ।
आउँछन यादहरु, घोचिरहन्छन तिर जस्तै,
न सम्हाल्न सकियो, न फिर्ता पठाउन सकियो ।।

मुक्तक – ३
जब कोहि छ भन्ने आधार भुल्न खोजीन्छ ।
अनी उ संगको त्यो प्यार भुल्न खोजीन्छ ।
किन उसकै सामीप्यता खोजी दिन्छ मनले रु,
जसलाई बारम्बार भुल्न खोजीन्छ ।।

प्रतिक्रिया दिनुहोस्: