वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

मिनीट्रकले मोटरसाईकल ठक्कर दिदाँ बर्दियामा एकको घटनास्थलमै ज्यान गयो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, माघ २२, २०७४ ।    

कालिका, बर्दिया।
आज बिहान नेपालगन्ज-गुलरिया सडक खण्डमा भएको सवारी दुर्घटनामा परि एकको घटनास्थलमै मृत्‍यु भएको छ । बर्दिया बढैयातालको कालिकामा मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिदा बढैयाताल ८ बस्ने स्थानिय ३१ बर्षिय झक बहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको भे १ ख ५२८ नम्बरको ट्रकले ठक्कर दिँदा बढैयाताल ८, स्याउलीबजार निवासी भे ४ प ५९६४ नम्बरको मोटरसाइकल चालक वर्ष ३१ का झक बहादुर क्षेत्रीको टाउकोमा गम्भीर चोट लागेका कारण घटनास्थलमै मृत्यु भएको जनाईएको छ । बिहानैदेखि लागेको कुहिरो र चिसो हावाको बहावका कारणले गर्दा बाटो नदेखिने स्थिति भएकोले दुर्घटना भएको हुनसक्ने स्थानियको अनुमान छ ।

मिनि ट्रक चालक २६ बर्षिया राम लौटन चौधरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया शुरु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: