वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

मानझुन्डी सामुदायिक वनमा आगलागी

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, पुस २८, २०७३ ।    

गुलरिया, बर्दिया ।
मानझुन्डी सामुदायिक वनको खण्ड न.६ को पुर्ब तर्फ आज दिउसो २ बजेतिर आगलागी भएको छ ।

आगलागीलाई नियन्त्रण लिन सशस्त्र प्रहरी बेस क्याम्प जमुनी र चेक पोस्ट मानखोलाका १३ जना प्रहरी लगायत इलाका प्रहरी कार्यालय मैनापोखरबाट ५ जना प्रहरीको टोली खटिएको थियो । त्यसैगरी सामुदायिक वनका कर्मचारी र सिमलघारी र पुस्पनगरबाट खटिएका उपभोक्ताहरुको उल्लेख्य उपस्थितीमा आगो नियन्त्रणमा लिईएको जनाईएको छ ।

आगलागी कसरी लाग्यो भन्नेबारे अनुसन्धान भैरहेको छ । आगलागीबाट ५ हेक्टर बढीमा क्षेती पुगेको जनाईएको छ ।

तस्बिर पदमबहादुर बुढामगरको फेसबुकबाट ।

प्रतिक्रिया दिनुहोस्: