वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

माघीको बेला जंगली हात्ती आतंकले बर्दियाका स्थानिय त्रसित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, पुस २९, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुन्जबाट आएको जंगली हात्तीले बर्दियाका विभिन्न ठाउँहरुमा आतंक मच्चाएको छ । बिहिबार राती ठाकुरबाबा नगरपालिका २ रानीपुरमा जंगली हात्तीले ३ वटा घर भत्काएको छ ।

निकुन्जबाट आएको जंगली हात्तीले भक्त बहादुर रोका, मिन बहादुर शाही र पार्बती खड्काको घर भत्काउनुका साथै भान्सामा राखिएको करिब १ क्विनटन चामल खाएको पिडितहरुले बताएका छन ।भागेर ज्यान जोगाएका छन ।

केहि दिन यता ठाकुरबाबा नगरपालिकाका कर्मला, रानीपुर, मोतीपुर बलाती, पेरहनी, प्रतापुर, लगायतका गाउँमा हात्तिले स्थानियले लगाएको गहुबाली खाएर नोक्सानी पुर्याएको छ । दिनहु जसो हात्ती रातीको समयमा आएर अन्नबाली खाइदिने गरेको पिडित स्थानियहरुले बताएका छन ।

उता राजापुर नगरपालिकाको वडा नंम्बर.७ मा बुधबार राति भारतीय जंगलबाट आएको जंगली हात्तिको समूहले क्षती पु¥याएको छ । वडा नंम्बर.७ का स्थानिय कल्थु थारुको घरमा रातीको  समयमा हात्तिको समूहले घरमा राखिएको अन्नपात खानुका साथै लत्ताकपडा समेत च्यातेर नष्ट गरेको पीडितले बताएका छन ।

हात्ति आतंक रोक्न सीमा प्रहरी कार्यालयले गस्ती निरन्तर गरे पनि खुल्ला सीमा नाकाका कारण हात्तिले क्षती पुर्याई रहेको सीमा प्रहरी चौकी गोडियानाका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक राम स्वरुप चौधरीले बताए ।

हात्ति नियन्त्रणमा राजापुर नगरपालिका, सीमा प्रहरी चौकी गोडियाना, स्थानियवासी, बर्दिया राष्ट्रिय निकुञ्जले विभिन्न तरिकाले छेकवार गरे पनि पोलहरु प्रभावकारी नभएको राजापुर नगरपालिका वडा नंम्बर.७ का वडा अध्यक्ष मथुरा प्रसाद थारुले बताए । बिद्युतिय तार लगाए पनी हात्ती निकुन्ज बाहिर आएर स्थानियले लगाएको खाद्यान्न बाली खाइदिने गरेको छ । स्थानियले हात्तीबाट जोगिनका लागि रातभरि जाग्राम बस्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: