वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

महासंघको विद्यानप्रति गाउँपालिकाका उद्योग वाणिज्य संघको आपत्ति

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, भदौ ७, २०७५ ।    

‘पालिकाहरुको कार्यक्षेत्र उस्तै भइसकेको अवस्था छ’ बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले आक्रोशित हुँदै भने-‘तुरुन्त विद्यान सच्याइयोस ।’

सानोश्री,बर्दिया ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ को विद्यान प्रति बर्दियाका गाउँपालिका अन्तरगतका उद्योग वाणिज्य संघहरुले आपत्ति जनाएका छन । महासंघको विद्यानमा जिल्ला उद्योग वाणिज्य संघ र नगर उद्योग वाणिज्यहरुले मात्र सदस्यता पाउने गरिएको गरिएको व्यवस्था प्रति उनिहरुले आपत्ती जनाएका हुन ।
विद्यानमा भएको उत्त व्यवस्थाका कारण गाउँपालिका अन्तरगतका उद्योग वाणिज्य संघहरु महासंघको सदस्यता पाएका छैनन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ ले बर्दियाको मधुवनमा आयोजना गरेको जिल्ला स्थित उद्योग वाणिज्य संघहरुको विस्तारित बैठकमा महासंघको विद्यान तत्काल संशोधन गर्न आवाज उठेको छ । ‘पालिकाहरुको कार्यक्षेत्र उस्तै भइसकेको अवस्था छ’ बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले आक्रोशित हुँदै भने-‘तुरुन्त विद्यान सच्याइयोस ।’ त्यस्तै बबई उद्योग वाणिज्य संघका अध्यक्ष युवराज अधिकारीले पुँजीका आधारमा कर उठाउन सरकारसंंग माग गरे । कार्यक्रममा सहभागि उद्योगी,व्यापारीहरुले २ नम्बरी धन्दा गर्नेहरुको कारण बजार धरासायी बन्दै गएको धारणा राखेका छन ।
कार्यक्रममा प्रदेश उद्योग वाणिज्य महासंघ तथा घरेलु तथा साना उद्योग समिति, नेपाल उद्योग वाणिज्य महासंघ का केन्द्रिय सदस्य,कोहलपुर उद्योग वाणिज्य संघका लगाएतका पदाधिकारीहरुले सरकार र उद्योग वाणिज्य संघ बिचको सम्बन्धको औचित्यका विषयमा समेत छलफल गरेका थिए । कार्यक्रमको सहजिकरण उद्योग वाणिज्य संघ सानोश्रीले गरेको अध्यक्ष देवेन्द्र तिमिल्सिना जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: