वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

मनाउका बासिन्दा जुटे आफ्नो गाउँ आँफै बनाउन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, पुस १६, २०७३ ।    

मनाउ, बर्दिया ।
आफ्नो गाउँ आफै बनाउँ भन्ने सोच सहित मनाउका बसिन्दाहरु आफ्नो गाउँको बाटो आँफै बनाउन कस्सिएका छन ।
मनाउ गा.बि.स. वडा नं. ८ नौरङ्गाको लालपुरदेखि नौरङ्गा टोलको बिच भएर रिङरोड जोड्ने लगभग २ किलोमिटर बाटो साबिकको बाटोलाई फैलाएर ९ मिटर चौडा बनाउने निर्णय गरि तदर्थ समिति गठन गरिएको जनाईएको छ ।

आज भएको गाउँ भेलाबाट सो बाटो बिस्तार तथा सुधार गर्ने गरी गठन गरिएको समितिको अध्यक्षमा बड्घर पदम चौधरी चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा शान्ता रिमाल, कोषाध्यक्ष- बुद्धिराम चौधरी र सदस्यहरु- घन प्रसाद रिमाल, बाधुराम चौधरी, दयारानी चौधरी, श्याम रिमाल, भरत प्रसाद रिमाल, भिख्खु थारु, गोपिष्ण चौधरी, कृष्ण प्रसाद रिमाल, ठाकुर प्रसाद रिमाल, ठाकुर राम चौधरी, जमुना रिमाल, अर्जुन रिमाल, भबिश्वर रिमाल, देवकी लामिछने, निर्मला चौधरी, शोमनाथ रिमाल, गोमा रिमाल, टेक बहादुर चौधरी, सुर्मिला चौधरी, सरिता रिमाल, राजकुमार चौधरी, राजेन्द्र चौधरी रहनु भएको जनाईएको छ ।

फोटो: ठाकुर राम चौधरी

प्रतिक्रिया दिनुहोस्: