वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

मधुवन नगरपालिकामा युवाले गरे रक्तदान कार्यक्रम

        प्रेम बुढा   |   प्रकाशित मिति: शनिबार, अशोज २१, २०७४ ।    

मधुवन,बर्दिया
समाज कल्याणको लागि यूवा बर्दियाले मधुवन नगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय संचार सेवा बाँके र रेडक्रस उपशाखा सानोश्रीको प्राविधिक सहयोगमा यूवाहरुले रक्तदान कार्यक्रम गरेका हुन ।

कार्यक्रममा मधुवन नगरपालिका मेयर गणेश के सी लगायत स्थानिय समाजसेवी, शिक्षक, र व्यापारी गरि करिव ५० जनाले रक्तदान गरेका समाज कल्याणको लागि यूवा बर्दियाका सचिव विशाल गौतमले जानकारी दिनुभयो । जिल्लामा रगतको अभाव हुन नदिन र यूवाहरुलाई सामाजिक कार्यमा सहभागि गराउने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समाज कल्याणको लागि यूवा बर्दियाका अध्यक्ष तिर्थ राज पौडेलले बताउनुभयो । रक्तदान अघि भएको औपचारीक कार्यक्रममा यूवाहरुले गरेको प्रयासको प्रशंसा गर्दै मधुवन नगरपालिकाका मेयर के सी. समाजलाई सकारात्मक परिवर्तनमा यूवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला भरि पटक पटक हुने यस्ता कार्यक्रमबाट प्रयाप्त मात्रामा रगत उपलब्ध हुने भए पनि बर्दियाका अस्पतालमा रगत खपत हुने दर न्यून छ । जसका कारण रगत भण्डारण गर्ने भौतिक पुर्वाधार नहुँदा बाँके जिल्लामा पठाउने गरिएको जिल्ला रेडक्रस बर्दियाका सभापति कृष्ण गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: