वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

मधुवन आउँदै गरेको पिकअप हुलाकि सडकमा दुर्घटना

        नवीन वली   |   प्रकाशित मिति: बुधबार, असार ११, २०७६ ।    

मधुवन (बर्दिया) ।
दाङबाट बर्दियाको मधुवन आउँदै गरेको पिकअप हुलाकि सडकमा दुर्घटना भएको छ । रातभरको यात्राले गाडि चालक अनिदो भएको हुँदा गाडिको सन्तुलन बिग्रिएर दुर्घटना भएको हुन सक्ने प्रहरिले जनाएको छ ।

भे. १ च २२११ नंम्बरको पिकअप गाडि रातभरको यात्रा र अनिदोका कारण नै दुर्घटना भएको गाडि चालक शंकर प्रसाद ठाकुरले जानकारि दिए ।

किसान जनसेवा एग्रोभेट सेन्टर गेरुवा गाउपालिका– ३, शान्तिबजारको दाङ देखि करिव १ लाख ५० हजार बराबरको लेस कुखुरा ल्याउने क्रममा दुर्घटना घटेको हो । दुर्घटनाबाट मानविय रुपमा कुनै क्षती नभई करिव ५६ हजार रुपैयाँको कुखुरा तथा करिव २ लाख रुपैयाँ बराबरको सवारि साधनमा क्षति भएको प्रहरि कार्यालय सानोश्रीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...