वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

मधुवनमा सोह्र बर्षपछि भवन शिलान्यास !

        प्रेम बुढा   |   प्रकाशित मिति: शनिबार, अशोज ६, २०७५ ।    

मधुवन,बर्दिया ।
स्थापनाकालदेखि सार्वजनिक भवनमा कार्यालय सञ्चालन गर्दै आएको उद्योग वाणिज्य संघ कुसुम्बा बजारले शनिवार आफनो ४ कोठे भवनको शिलान्यास गरेको छ । स्थापना भएको १६ वर्षपछि नयाँ भवनको शिलान्यास भएसंगै वाणिज्य संघको आफनै भवन हुने भएको हो ।


शनिवार मधुवन नगरपालिकाको कुसुम्बा बजारमा आयोजना गरिएको एक समारोहमा उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीले भवनको शिलान्यास गरेका हुन । भवन शिलान्यास कार्यक्रममा सांसद कुल प्रसाद पोखरेल तथा मधुवन नगरपालिकाका प्रमुख गणेश के.सी., उप प्रमुख शुवरानी थारु, नगरपालिकाका वडा अध्यक्षहरु तथा अन्य उद्योग वाणिज्य संघका पदाधिकारी, संघ संस्थाका प्रमुख, समाजसेवी, महिला अधिकारकर्मी , राजनितिक दलका प्रतिनिधी, भवन निर्माणका लागि रकम दान गर्ने दाता ,व्यापारी तथा सर्वसाधारणहरुको उपस्थिति थियो । शिलान्यास पछि भएको कार्यक्रममा धारणा राख्ने अधिकांस वक्ताले भवन निर्माणको काम अधुरो नछोड्न आग्रह गरेका थिए । कार्यक्रममा वोल्दै वडा नं ८ का वडा अध्यक्ष विजय कुमार रानाले भवन निर्माणका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने धारणा राखेका थिए । मधुवन नगर प्रमुख गणेश के.सी.ले भवन निर्माणको लागि आवश्क रकम नगर सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने-‘तपाईहरु भवन निर्माणको काम अघि अघि बढाउनुस, नपुगेको रकम हामीले सहयोग गर्छाै ।’
भवन निर्माणका लागि नगरपालिकाले उद्योग वाणिज्य संघलाई १० लाख सहयोग गर्ने बताईएको छ । सम्पूर्ण चन्दादाताको तर्फबाट बोल्दै समाजसेवी सुरेश पन्तले बर्दिया जिल्लालाई अघि बढाउन सबैको सहयोगको खाँचो रहेको औल्याए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश नं. ५ का उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणनिधि तिवारीले भवन निर्माणको काम र उद्योग वाणिज्य संघको अधिकारका निम्ती महासंघले पहल गर्ने बताए । दर्ता प्रक्रियाका लागि आफुले पाएको दुख स्मरण गर्दै उद्योग वाणिज्य संघ कुसुम्बा बजारका अध्यक्ष देवेन्द्र तिमिल्सिनाले संस्था सबैको भएकोले आफ्नो संस्थाको भवन निर्माण कार्यलाई सफल बनाउन व्यापारि वर्गलाई आग्रह गरेका थिए । कार्यक्रममा प्रदेश सांसद कुल प्रसाद पोखरेल तथा नेकपा का लक्ष्मी शर्मा आकाश तथा नेपाली कांंग्रेसका तर्फबाट जीवन मल्लले समेत धारणा राखेका थिए । शनिवार शिलान्यास गरिएको भवनको नक्सा तयार भईसकेको छ । भवन ३ तले बनाउने उद्धेश्यले सोही अनुसार नक्सा बनाईएको भए पनि सुरुमा १ तले भवन बनाईने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । उद्योग वाणिज्य संघ कुसुम्बा बजार २०५९ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: