वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

भैंसीपालनमा आकर्षित हुँदै राजापुर र गेरुवाका महिलाहरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, साउन १५, २०७५ ।    

मिन अधिकारी/राजापुर,बर्दिया ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका महिलाहरु दुग्धजन्य पदार्थ उत्पादनमा माग बढ्न थालेपछि भैसीपालन व्यवसाय तर्फ आकर्षित हुन थालेका छन् । यहाँ उत्पादित दुग्धजन्य पदार्थ नेपालका विभिन्न ठुला शहरमा निकासी हुन थालेपछि महिलाहरु यसतर्फ आकर्षित भएका हुन् । यहाँका भैसी र गाई पालक किसानले उत्पादन गरेको घिउ र दूध नेपालगञ्ज, कोहलपुर, बुटवल र काठमाडौँ लगायतका शहरहरुमा निर्यात हुने गरेको छ ।
राजापुर बजार र शान्तिपुर र गेरुवाको सान्तीबजार, पसुपतिनगर, प्रशेनिपुरमा नजिकै दुध डेरी सञ्चालनमा आएपछि आफुहरुलाई यस व्यवसाय तर्फ लाग्न झनै हौसला मिलेको राजापुर नगरपालिका ८ धोविनपुरकी नन्दकला चौलागाईले बताईन । उनले विगत केही वर्षदेखि घरमै २ वटा भैसी र एउटा गाई पाल्दै आएको र दुध, दुध डेरीमा लगेर बेच्ने गरेको साथै त्यहीँ दुध बेचेर प्रतिमहिना १२ देखि १५ हजार भन्दा बढी आम्दानी गर्ने गरेको चौलागाईले बताईन ।
‘भैसी पालेर आत्मसन्तुष्टि र आम्दानी भएको छ’ चौलागाईको भनाइ छ-‘पशुपालनका लागि नयाँ प्रविधिको विकास, कम परिश्रममा राम्रो आम्दानी हुने भएपछि आकर्षण बढ्दै गएको हो । गाई भैसीलाई आश्यक पर्ने दानापानी र घासँका लागी छोराछोरी र श्रीमानबाट पनि आफुले सहयोग पाईराखेको र छोराछोरीको पढाई खर्च पनि त्यही आम्दानीले टार्न पुगेको छ ।’ राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका विभिन्न स्थानिय बजारहरुमा दुध डेरी सञ्चालनमा वृद्धि भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: