वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सहयोगको लागि दक्षिण कोरिया इच्छुक

        छापाबाट   |   प्रकाशित मिति: बिहिबार, भदौ १५, २०७४ ।    

सिँचाइमन्त्री गौतमसँग राजदूत भेटसिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग मन्त्रालयमा बुधबार नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिक ले भेटवार्ता गर्नुहुँदै । तस्बिर: कल्पना पौडेल, रासस

काठमाण्डौ ।
दक्षिण कोरियाले नेपालको जलस्रोत र सिँचाइको क्षेत्रमा सहयोग गर्न चाहना व्यक्त गरेको छ ।

सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज मन्त्रालयमा भेट गरी नेपालको राष्ट्रिय गौरवका आयोजनामध्येको एक भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘इलेक्ट्रो मेकानिकल पार्ट’मा सहयोग गर्ने चाहना व्यक्त गरे ।

मन्त्री गौतमले कम समयमा धेरै वर्षा हुने मुलुक भएकाले नेपालको जलस्रोतको उपयोगमा दक्षिण कोरियाको सहयोग अपेक्षित रहेको बताए ।

राजदूत सिकले हालै वर्षा र बाढीले तराईमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै जलस्रोतको व्यवस्थापनमा आफ्नो मुलुकको प्रविधि नेपाललाई उपयोगी हुने विचार व्यक्त गरेका थिए ।

मन्त्रालयका सहसचिव सुशीलकुमार तिवारीका अनुसार यो आयोजनाबाट बाँके र बर्दियाका करीब ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सेवा पुर्‍याउने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सात वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना करीब ३० अर्ब रुपैयाँको लागत निर्माण हुनेछ । सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: