वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

भुरीगाउँ बजारको नयाँ बसपार्क सडक कालोपत्रे हुँदै

        भावुक योगी   |   प्रकाशित मिति: शनिबार, साउन १४, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
साविकका गाविस अथवा हालका गाउँपालिका र नगरपालिकामा स्थानिय राजनितक दल, जनप्रतिनिधीहरु, संघसस्थाहरुको पहलबाट बिकास निर्माणको काम भएको सुनिएको र देखिएकै हो । तर स्थानियहरु आफैले मन्त्रालयमा धाएर आफ्नो गाउँठाउँको बिकासका लागि पहल गर्ने र बजेट ल्याएर बिकास गर्नेहरु कहीलेकाँही मात्र भेटिन्छन । र उनिहरुकै पहलबाट कहिलेकाँही ढिलो हुने बिकासे काम पनि छिटो भईदिन्छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका १ डुम्रेनी गाउँका स्थानिय समाजसेवी गोर्कण शाह, हरी भण्डारी, मालती शाह, गोपाल शाह लगायतको पहलमा अहिले भुरीगाउँ बसपार्क एप्रोच सडकमा ४ सय मिटर कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
भुरीगाउँ बसपार्क एप्रोच सडकका लागि डिभिजन सडक कार्यालय नेपालगंजबाट ४ लाख २० हजार मात्र बजेट परेकाले रकम अपुग भएको भन्दै स्थानिय समाजसेवी एवं नेपाली कांग्रेसका नगर समिती सदस्य गोर्कण शाहले मन्त्रालयमा निवेदन दिएपछी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका तत्कालिन मन्त्रिले १ करोड बजेट पारी प्राथमिकतामा राखि काम अघि बढाउन निर्देशन दिएपश्चात हाल सडकका लागि ५० लाख रकम परेको गोर्कण शाहले बताउनुभयो ।


भुरीगाउँ बसपार्क एप्रोच सडकका लागि ५ महिना अघि बजेट छुट्टिएको र टेण्डर प्रक्रियाबाट ९९ लाख ९६ हजार बजेटमा कालोपत्र हुन लागेको हो । कालोपत्रे सडक निर्माण गर्ने जिम्मा नारायणम निर्माण सेवा नेपालगंजले लिएको छ ।
स्थानिय चुनावका बेला टेण्डर प्रकृया ढिलो भएका कारणले ८० प्रतिशत मात्र भएको छ । सडक डिभिजनले म्याद थप दिए लगत्तै एक महिना भित्रमा कालोपत्रे हुने नारायणम निर्माण सेवाका बिमल केशीले बताउनुभयो । सडक कालोपत्र भएपछी भुरीगाउँ बजारको वसपार्क जाने सडक ब्यवस्थित हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: