वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

भुरीगाउँ–गुलरीया हुलाकी सडकको विषयमा सरोकारवाला बिच छलफल, विबादित स्थानमा नक्सालाई आधार मानिने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस १०, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
भुरीगाउँ गुलरीया हुलाकी सडकको काम बिबाद रहित अगाडी बनाउने विषयमा सोमबार सरोकारवाला बिच छलफल भएको छ ।
हुलाकी सडक किनारका स्थानियवासीको माग अनुसार बिबादित ठाउँमा नापी कार्यालयका कर्मचारी सहित नक्साका आधारबाट सडक निर्माण कामलाई अघि बढाउने विषयमा छलफल भएको हो ।
हुलाकी सडक आयोजनाका शौरभ बज्राचार्य, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, नगरउप–प्रमुख कृष्ण कुश्मा थारु स्थानिय समाजसेवी, बडघर सहित स्थानियवासीको सहभागितामा छलफल भएको हो ।
यसैबिच बजार क्षेत्रको नालीको काम अन्तीम चरणमा रहेकाले दुई हप्ता भित्रै भुरीगाउँ बजार क्षेत्रबाट ग्राभेल बिछ्याईने कार्य सुरु गरीने हुलाकी सडकका ईन्जीनियर राजेन्द्र पौडेलले जानकारी दिए ।
सडक निर्माणको कामलाई बिबाद नगरी सहज ढंगबाट काम गर्ने वातावरण बनाईदिन आयोजना प्रमुखले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: